FLASH NEWS
  • Loading...

संविधान संशोधन विधेयक दुई तिहाइ बढी मतले पारित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४३ पटक पढिएको
संविधान संशोधन विधेयक दुई तिहाइ बढी मतले पारित

प्रतिनिधि सभाले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित भएको घोषणा गरेका छन्।
संविधान संशोधन विधेयक पारित गर्नको लागि भएको मतदानमा संविधान संशोधनको पक्षमा २५८ मत परेको थियो। उक्त मत तत्कालन संसदमा कायम रहेको सांसदहरूको संख्याको दुई तिहाइ भन्दा बढी हो।
सभाभुखले संविधान संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसदमा तालीको गडगडाहट चलेको थियो। प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्छ।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।

सरकारले दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयकको प्रस्तावमा सांसद सरिता गिरीले संशोधनको प्रस्ताव दर्ता गराएकी भए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका थिए। आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि गिरी संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।
आजको बैठकको शुरूमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन्। उक्त छलफल प्रस्तावमा भाग लिँदै सांसदहरूले नेपालको भौगोलिक अखण्डता कायम गर्नेबारे महत्वपूर्ण प्रस्ताव आज पारित हुन लागेको बताएका थिए।
सांसदहरूको छलफल सकिएपछि कानूनमन्त्री तुम्बाहाङ्फेले सभामा उठेका प्रश्नको जवाफ दिएकी थिइन्। त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव कानूनमन्त्री तुम्बाहाङ्फेले राखेकी थिइन्। त्यसपछि मत विभाजन गरिएको थियो। सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।
नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र