- Loading...
‘सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र कांगडा पनि नेपाललाई दिनुपर्छ’

- पुनहिल डट कम
- ५ साल अघि
- ३४७ पटक पढिएको
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले भारतले सुगौली सन्धि नमान्ने हो भने पूर्वमा टिस्टादेखि पश्चिममा कांगडासम्मको भूभाग नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन् । भारतले सुगौलि सन्धि मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग विनाशर्त नेपाललाई दिनुपर्ने उनले बताए ।
सुगौली सन्धिअघि नेपाल पूर्वमा टिस्टा नदी र पश्चिममा कांगडा किल्लासम्म फैलिएको थियो । अहिले टिस्टा नदी भारतको पश्चिम बंगालमा छ र कांगडा किल्ला पश्चिम हिमांचल प्रदेशमा पर्छ । कांगडा किल्ला त यतिसम्म पर छ कि त्यहाँ पुग्नको लागि नेपालबाट पश्चिम उत्तराखण्ड राज्य पार गरेर हिमांचल प्रदेश पनि आधा पार गरेर जानुपर्छ । नेपाल–अंग्रेज युद्धमा नेपालले अंग्रेजसँग हारेपछि भएको सुगौली सन्धिमा नेपालले यो भूभाग गुमाएको थियो । सुगौली सन्धि भारतसँग भएको नभइ अंग्रेजको इष्ट इण्डिया कम्पनीसँग भएको थियो ।
लिङ्देनले संविधानमा असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियताको विषयमा सम्झौता नहुने बताए । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताको विषयमा नै आफ्नो पार्टीको गम्भीर असहमति भए पनि अहिलेको विषय राष्ट्रियता, अखण्डता र सार्वभौमताको सवाल भएकोले राप्रपाको शर्त नभएको उनले बताए । उनले नक्सामा भूमि अटाएको भए पनि वास्तविक रुपमा नै भूमि ल्याउनुपर्ने बताए । भूमि फिर्ता ल्याउनको लागि भारतसँग भाइको आधारमा नभइ मित्रका आधारमा वार्ता गर्नुपर्ने बताए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































