FLASH NEWS
  • Loading...

लकडाउनको मोडालिटीमा छलफल गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५३ पटक पढिएको
लकडाउनको मोडालिटीमा छलफल गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको मोडालिटीमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बुझिएको छ। यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ रोकथाम नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिलाई खाका पेश गर्न निर्देशन दिएको थियो। ११ चैतदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको हो। पछिल्लो समय थपिएको लकडाउनको अवधि ३२ जेठसम्म कायमै राखिएको छ।

लामो समयदेखि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यवसाय र जीवीकोपार्जनमा समेत कठिनाइ भइरहेको भन्दै चौतर्फी रूपमा सरकारलाई लकडाउन खुकुलो बनाउन दबाब बढिरहेको छ।  उच्चस्तरीय समितिले पनि लकडाउन कसरी खुकुलो बनाउने भन्‍ने प्रस्ताव मन्त्रिपरिषद्‍मा बुझाइसकेको छ। आज उक्त प्रस्तावमा नै निर्णय हुने बालुवाटार स्रोतले जानकारी दिएको छ। हिजो साँझ नै तय भएका मन्त्रिपरिषद्को बैठक आज दिउँसोका लागि सारिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र