FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४४ पुगे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९८ पटक पढिएको
गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४४ पुगे
 गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।
नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का १२ पुरुष म्याग्दीका १ जना पुरुष र बागलुङका ११ जना पुरुषमा  कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नवलपरासी बौदीकाली गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष, म्याग्दीको  बेनी नगरपालिकाको  क्वारेन्टिनमा रहेका ४६ बर्षीय पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २१, २६ र २७ का ३ जना पुरुष तथा बरेङ गाउँपालिकाको क्वारेन्टिनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा  कोरोना संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ३७ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ३२ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ३ जना पुरुष, पर्वतका ९ जना पुरुष, गोरखाका ११ जना पुरुष तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भइ घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाले ज्यान गुमाएका छन् । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय व्यक्तिको आइतबार राति कोरोनाका कारण मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल