FLASH NEWS
  • Loading...

दक्षिणसँगको सबै सञ्चार बन्द गरेको उत्तर कोरियाको घोषणा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
दक्षिणसँगको सबै सञ्चार बन्द गरेको उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले दक्षिणसँगको सबै अन्तर कोरियाली सञ्चार बन्द गरिएको घोषणा गरेको छ । त्यसमा दुई राष्‍ट्र प्रमुखबीचको हटलाइन पनि परेको छ ।
साथै उत्तर कोरियाले दक्षिण कोरियालाई प्रमुख शत्रु भएको पनि घोषणा गरेको छ । यो कारवाहीको पहिलो शृंखला भएको चेतावनी उत्तरकोरियाले दिएको छ ।
दुई मुलुकको सीमास्थित केसङ शहरमा रहेको दैनिक कल सेन्टर पनि आजदेखि बन्द गरिएको छ । उक्त कल सेन्टर सन् २०१८ को द्विपक्षीय संवादपछि स्थापना गरिएको थियो ।
प्राविधिक रूपमा दुई कोरिया अझै पनि युद्धमै छन् । सन् १९५३ मा दुई मुलुकबीचको युद्ध समाप्त भए पनि अझै शान्ति सम्झौता हुन सकेको छैन ।
उत्तरकोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले आज बिहानदेखि दक्षिणकोरियासँगका सबै सम्पर्क विच्छेद भएको जानकारी दिएको हो । दुई मुलुकबीचको सैन्य सञ्‍चार पनि विच्छेद हुने केसीएनएले जनाएको छ ।
“दक्षिणकोरियाली अधिकारीहरूसँग कुनै संवाद गरिरहन जरुरी देखिएन । किन कि । उनीहरूले हामीलाई सधैं भयभित बनाउने चेष्‍टा गरिरहे,” केसीएनएले लेखेको छ ।
उत्तरकोरियाली नेता किम जोङ-उनकी बहिनी किम यो-जोङले गत साता दक्षिणले उत्तरमा रक्षासम्बन्धी लिफलेटहरू पठाएर शत्रुतापूर्ण कार्य गरेको बताउनु भएको थियो ।
र, सन् २०१८ मा सम्पन्न पान्मुनजोम शिखर सम्मेलनका क्रममा गरिउको शान्ति सम्झौता पनि दक्षिणले उल्लंघन गरेको आरोप लगाउनु भएको छ ।