FLASH NEWS
- Loading...
शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीलाई हेलिकप्टरमा कोहलपुर लगियो

- पुनहिल डट कम
- ५ साल अघि
- ३१० पटक पढिएको
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछाम बयालपाटा अस्पतालका कर्मचारीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ।
अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
सिम्रीक एअरको हेलिकोप्टरमार्फत उनलाई उद्धार गरेर कोहलपुर लगिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो। अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।
कार्यसम्पादन, अनुशासनको आधारमा कर्मचारीहरू हटाइएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































