- Loading...
पर्वतमा ५ जना कोरोना संक्रमित भेटिए, सबैलाई आइसोलेसनमा भर्ना
- पुनहिल डट कम
- ५ साल अघि
- २६६ पटक पढिएको

पर्वत जिल्लामामा ५ जना कोरोना संक्रमित भेटिएका छन ।
संक्रमीत ५ जना मध्ये २ जना फलेवास नगरपालिका र ३ जना महाशिला गाउँपालिकाका छन् । उनीहरु मध्ये फलेवास नगरपालिकाका २० र ४० बर्षका दुई पुरुष छन् भने महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुषहरु रहेका छन् । कोरोना संक्रमीत भेटिएका उनीहरु भारतबाट आइ सदरमुकाम कुश्मा बजारका क्वारेन्टाइनमा बसेका थिए ।
भारतबाट उद्दार गरि क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका ५ जनालाई कुश्मा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको हो ।
पर्वत कोरोना अस्पतालमा २० शैया रहेको छ । संक्रमितको बढ्दै जाँदा वेड संख्याको भने अभाव हुने देखिन्छ । भारतबाट आउने क्रम निरन्तर भइरहेका कारण संक्रमीतको संख्या अझै बढ्ने देखिन्छ ।
संक्रमण पुष्टि भएका संगै शनिबार ३९ जनाको थ्रोड स्वाब संकलन गरिएको थियो । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि लक डाउनकै अवधिमा आएक ४८ जनाको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
