FLASH NEWS
  • Loading...

जंग पुनको ‘करिमको खेल’ म्युजिक भिडियो सार्वजनिक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८३ पटक पढिएको
जंग पुनको ‘करिमको खेल’ म्युजिक भिडियो सार्वजनिक

अन्नपूर्ण गाउँपालिका, ६, घोरेपानी पुख्यौली थलो भै हाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) नेदरल्याण्डका अध्यक्ष रहेका पूर्व वेलायती लाहुरे जंग पुनको शब्द तथा लोकेन गर्वुजाको स्वर रहेको म्युजिक भिडियो ‘करिमको खेल’ बजारमा आएको छ । पुनको यो दोस्रो प्रस्तुती हो ।

घोडेपानीका पर्यटन ब्यवसायी समेत रहेका दर्जनबढी फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेका परिचित हास्य कलाकार शुशिल पुन र रक्षा पौडेलको मुख्य अभिनय रहेको ‘करिमको खेल’ म्युजिक भिडियो कास्की, घोडेपानी, खिवाङ्ग, तातोपानी क्षेत्रमा छायाँङ्ढन गरिएको छ । भिडियोको क्यामेरामा सरोज अधिकारी र निर्देशन अनिल अधिकारीले गरेका छन ।