FLASH NEWS
  • Loading...

क्वारेन्टाईनका दाजुभाईलाई इजरायलबाट चेलीले पठाए खाना खर्च

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७६ पटक पढिएको
क्वारेन्टाईनका दाजुभाईलाई इजरायलबाट चेलीले पठाए खाना खर्च

कोरना भाईरस संक्रममणको उच्च जोखिममा रहेका तथा भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा बसेका जिल्लाबासीलाई खाना तथा खाजा खुवाउन रोजगारको सिलसिलामा इजरायल पुगेका यहाँका दुई जना चेलीले ७० हजार आर्थिक सहयोग गरेका छन ।

न्नपूर्ण गाउँपालिका, ३ दानाकी तारा गर्वुजाले नगद ५० हजार र सोही गापा, ७ घराम्दीकी मायाँ गर्वजाले २० हजार नगद सहयोग नेकपा सचिव हरीकृष्ण श्रेष्ठ मार्फत उक्त रकम पठाएका हुन । श्रेष्ठले दाताको इच्छा अनुसार उक्त रकम सोमबार काँग्रेसका पूर्व सभापति रेशम बानियाँ, बेनी नगर प्रमुख हरीकुमार श्रेष्ठ, बेनी अस्पताल ब्यवस्थापन समिती अध्यक्ष बेलबहादुर कटुवाल, नेकपाका नेता बालकृष्ण सुवेदी तथा केही सञ्चारकर्मीको रोहवरमा कोरना संक्रमणको जोखिममा परी क्यारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई खाना तथा खाजामा खर्च गर्ने गरी प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला कोरना कन्ट्रोल कमाण्ड पोष्टलाई हस्तान्त्रण गरे ।
इजरालयमा रहेका म्याग्देली चेलीहरुको आफ्नो छाक काटेर पठाएको सहयोग रकम भारतबाट फर्केर बेनीका क्वारेन्टाईनमा तथा आईसोलेसनमा रहेका कोरना संक्रमण उच्च जोखिममा रहेका दाजुभाईको खाना, खाजामा नै खर्च गर्ने प्रतिवद्धता जनाए ।