FLASH NEWS
  • Loading...

चन्द समूहका नेता अनिल शर्माको उपचारमा बाधा नपुर्‍याउन अदालतको आदेश

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९८ पटक पढिएको
चन्द समूहका नेता अनिल शर्माको उपचारमा बाधा नपुर्‍याउन अदालतको आदेश

आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएपछि चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचाररत अनिल शर्मा भनिने छविलाल सापकोटाको उपचारमा कुनै अवरोध नगर्न अदालतले प्रहरीलाई आदेश दिएको छ।

राज्यविरुद्धको कसूर गरेको अभियोगमा शर्मालाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सरकारले शर्माले राज्यविरुद्धको कसूर गरेका कुनै प्रमाण पेश गर्न नसकेको भन्दै उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

शर्मालाई स्ट्रेचरमा राखेर अस्पताल पुर्‍याइएको अवस्थालाई ध्यानमा राख्दै उनलाई अस्पतालमा भर्ना गरेर चिकित्सकको निगरानीमा उपचार गर्न अदालतले आदेश दिएको छ। शर्माको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै उनलाई चिकित्सकको परामर्श विना हाल उपचाररत अस्पतालबाट अन्यत्र कहि कतै स्थानान्तरण गर्न, उपचारमा कुनै बाधा अबरोध नगर्न र उपचारमा कुनै असुविधा नपुर्‍याउन अदालतले आदेश दिएको हो ।