- Loading...
संघिय बजेटमा म्याग्दीका कुन गाउँपालिकालाई कति बजेट ?
- पुनहिल डट कम
- ५ साल अघि
- १८७ पटक पढिएको

विहिवार संघिय सरकारले विहिवार सार्वजनिक गरेको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक बजेटमा म्याग्दीका स्थानीय तहकालागी १ अर्व ७७ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
श्रोतका अनुसार आव ०७७/०७८ कालागी सार्वजनिक बजेटमा बेनी नगरपालिकाकागाली ४२ करोड ५८ लाख, अन्नपूर्ण गाउँपालिकालाई २७ करोड ८५ लाख, रघुगंगा गापाकालागी २६ करोड ८५ लाख, मंगला गापाकालागी २९ करोड ४१ लाख, मालिका गापकालागी २६ करोड २८ लाख र धौलागिरी गापाकालागी २४ करोड ४२ लाख विनियोजन भएको छ । बजेटमा बेनी नगरपालिकापछि सवैभन्दाबढी मंगला गापा र सवैभन्दा सानो आकारको बजेट विनियोजित छ ।
संबैधानिक ब्यवस्था अनुसार संघिय संसदमा जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संसद्मा प्रस्तुत गरेका छन् ।
चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष सरकारले बजेट प्रस्तुत गर्दा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।
सरकारले बजेटको आकार पनि घटाएको छ । कूल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रूपैयाँ चालु खर्च हुने छ । ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पूँजीगत खर्च हुने छ ।
सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रूपैयाँ राजश्व संकलनबाट उठाउने छ । साथै, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रूपैयाँ जुटाउने छ । वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ ।
यस्तो छ बजेटको पूर्णपाठ:
https://drive.google.com/file/d/1dT3DXKOoxHClGmQWS98F55XZc3sJS9ZM/view?usp=drivesdk&fbclid=IwAR2RMSVf6A2hxz7R7jKz2doKhq8egRYQ9lqyMfA8kqfZ6BEAmQmjU_QKFac

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
