- Loading...
उद्योगी व्यवसायीका लागि राहात प्याकेज, के के आए ?

- पुनहिल डट कम
- ५ साल अघि
- २५९ पटक पढिएको
सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीका लागि प्याकेज घोषणा गरेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो राहात प्याकेज घोषणा गरेका हुन् ।
उनका अनुसार घरेलु, साना तथा मझौला उद्योगको उत्थानका लागि ५ प्रतशित ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गरिनेछ । सो कोषमा नेपाल राष्टबैंक, नेपाल सरकार, सरकारी स्वामित्वका सार्वजनिक संस्थान तथा दातृ निकायले योगदान गर्नुपर्नेछ ।यस्तै, अर्थमन्त्रीले आगामी बजेटमार्फत मासिक १० युनिटसम्म बिजुली खपत गर्नेलाई निःशुल्क गरिएको घोषणा गरेका छन् । यस्तै, मासिक १५० युनिटसम्म बिजुली खपत गर्नेलाई २५ प्रतिशत र २५० सम्म खपत गर्नेलाई १५ प्रतिशत महसुलमा छुट दिने घोषणा गरेका छन् ।
खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।
लकडाउन अवधिभर उद्योगहरुलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने अर्थमन्त्रीले घोषणा गरेका छन् । माग कम भएको अवस्थामा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट दिइने समेत घोषणा गरिएको छ ।
यस्तै, कृषि, साना, मझौला, होटल, पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन रु. १ खर्बसम्मको पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको अर्थमन्त्रीले जानकारी दिए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































