FLASH NEWS
  • Loading...

चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न ज्ञापनपत्र

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४९ पटक पढिएको
चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न ज्ञापनपत्र

दलित अधिकारकर्मीहरुले दोषलाई कडा कारवाहीको माग गर्दै विहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापनपत्र पठाएका छन ।
गत जेठ १० गते रुकुम चौरजहारी नगरपालिका ८ सोती निवासी सुष्मा मल्ल सँग नवराज विकको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाईबाट जाजरकोट भेरी नगरपालिका १४ रानागाउँका नवराज विक,गणेश बुढा र चौरजहारी १ का टिकाराम सुनार समेत ५ जनाको मृत्यु भएको छ । एक जना भेरी नदीमा वेपत्ता छन ।
घटनाका दोषीलाई कडा कारवाही गर्न म्याग्दीका १४ वटा दलित अधिकारबादी संघसंस्थाहरुले माग गरेका छन् । अन्तरजातिय प्रेम सम्बन्धका कारण जेठ १० गते घटेको विभत्स घटनाका दोषीहरुलाई कडा कारवाहीको गर्नुपर्ने उनीहरुले माग गरेका हुन । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउने र आगमी दिनमा यस्ता घटनाहरु घटन नदिन सरकारले कडा कदम चाल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
दलित अधिकारकर्मीहरु संगमचोकबाट विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक पदम किसान,समाजवादी दलित मुक्ति महासंघका केन्द्रिय सदस्य याम किसान,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुमार विश्वकर्मा,दलित विकास समितिको सहसंयोजक मनकुमारी विकरहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र