FLASH NEWS
  • Loading...

अनलाइन न्यूजपोर्टलहरुलाई पनि छापा झै लोक कल्याणकारी विज्ञापनको सुविधा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७३ पटक पढिएको
अनलाइन न्यूजपोर्टलहरुलाई पनि छापा झै लोक कल्याणकारी विज्ञापनको सुविधा

सरकारले आगामी आर्थिक वर्षदेखि छापा माध्यमलाई जस्तै अनलाइनहरुलाई पनि लोक कल्याणकारी विज्ञापन प्रकाशनको सुविधा दिने भएको छ ।

हालसम्म छापा माध्यमहरुले वर्गीकरणका आधारमा सरकारबाट मासिक रुपमा लोक कल्याणकारी विज्ञापन छाप्न पाउने गरी आर्थिक सहयोग पाउँदै आएका छन् । अब यो सुविधा अनलाइन न्यूज पोर्टलहरुले पनि पाउने भएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइनबाट पनि लोक कल्याणकारी विज्ञापन प्रसारणको व्यवस्था मिलाइएको बताएका हुन् ।

योसँगै अब नेपालमा संचालनमा रहेका अनलाइन न्यूज पोर्टलहरुको समेत वर्गीकरण हुने संभावना बढेको छ । अनलाइनहरुको वर्गीकरण भने प्रेस काउन्सिल र सूचना विभागको समन्वयमा हुनसक्नेछ ।