FLASH NEWS
  • Loading...

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण

  • पुनहिल डट कम
  • ६ साल अघि
  • २८९ पटक पढिएको
बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत ६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डाक्टर बिनोदबिन्दू शर्माले तमानखोला गाउँपालिकाका ४ र बढिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्‍टि भएको जानकारी दिए।
तमानखोलाका २१ वर्षका दुई र २७ वर्षका दुई गरेर चारजना तथा बढिगाडका १९ र २० वर्षका दुईजनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
क्वारेन्टाइनमा रहेका उनीहरूको कोभिड-१९ परीक्षणका लागि स्वाबो नमूना संकलन गरिएको थियो। अहिले ६ जनालाई नै अस्पताल लैजाने तयारी भइरहेको छ। सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण देखिएको हो। आज पुष्टि भएको नयाँ केससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ। यसअघि बागलुङकै दुईजना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्। उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र