- Loading...
नेपालमा पहिलोपटक डाक्टरलाई कोरोना संक्रमण
- पुनहिल डट कम
- ५ साल अघि
- १७६ पटक पढिएको

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एकजना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ।
ललितपुरमा आज संक्रमित पुष्टि भएका व्यक्ति चिकित्सक भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले ललितपुरमा संक्रमण पुष्टि भएका व्यक्ति चिकित्सक भएको पुष्टि गरे। कन्ट्याक्ट ट्रेसिङमा खटिएका उनलाई संक्रमण देखिएको हो।
“संक्रमण देखिएका विभिन्न स्थानमा कन्ट्याक्ट ट्रेसिङ गर्न जानु भएको थियो”, उनले भने, “सावधानी अपनाइकै हुन्छ तरपनि संक्रमण देखियो।”
मन्त्रालयका अनुसार संक्रमित पुष्टि भएका चिकित्सक केही दिनअघि संक्रमणको जोखिम देखिएको कपिलवस्तु र रूपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न गएका थिए। रोग नियन्त्रण महाशाखाले उनीसँग सम्पर्कम रहेका कर्मचारी लगायतको विवरण संकलनको काम गरिरहेको छ।
ती चिकित्सक भने तराईका जिल्लाबाट फर्किएर आएपछि होम क्वारेन्टाइनमा बसिरहेका छन्। उपत्यकाका तीन जिल्लामा आज पाँच जनामा संक्रमण देखिएको हो। काठमाडौंमा तीन, ललितपुरमा एक र भक्तपुरमा एकजनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
