FLASH NEWS
  • Loading...

चितुवाको आक्रमणबाट पर्वतमा दुई जना घाइते

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१९ पटक पढिएको
चितुवाको आक्रमणबाट पर्वतमा दुई जना घाइते

पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

घाइते हुनेमा गाउँपालिकाको वडा नं. ८ नाग्लीवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार रहेका छन् । बिहीबार दिउँसो झन्डै साढे ३ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आक्रमण गरेको वडाध्यक्ष हरिबिकास जिसीले जानकारी दिए ।

आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छभने परियारको हातमा चोट लागेको छ । केसीलाई बचाउने क्रममा परियार घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ ।

चितुवालाई स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला बन कार्यालय पर्वतको खोरमा राखिएको छ ।