FLASH NEWS
  • Loading...

बेनी अस्पतालको वहिरंग खुल्यो, सवै सेवा सुचारु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०३ पटक पढिएको
बेनी अस्पतालको वहिरंग खुल्यो, सवै सेवा सुचारु

कोरना भाईरस संक्रमणको जोखिम न्यूनिकरण गर्न गत चैत ११ गतेबाट बन्द बहिरंग (ओपिडी) सेवा पुनःसुचारु गरिएको बेनी अस्पतालले जनाएको छ ।

ओपिडी खुलेसँगै बेनी अस्पताले यस अघि विरामीको स्वास्थ्य परिक्षण तथा उपचारका सवै सेवा सुरु भएका छन । ओपिडी सेवा खुलेपछि स्वास्थ्य विमा गरी निशुल्क सेवा तथा औषधी सेवन गर्दै आएका विरामीलाई विमाको औषधी पनि उपलब्ध हुने भएको छ ।

बहिरंग सेवा संञ्चालित भवन/कोठामा कोरना संक्रमण उच्च जोखिमका विरामी राख्न आईसोलेसन कक्ष बनाईएको थियो । विरोधपछि आईसोलेन कक्ष अस्पताल क्षेत्रबाट टाढाको शैक्षिक तालिम केन्द्रमा स्थानान्त्रण गरिएपछि बहिरंग सेवा पुनः संञ्चालन गरिएको हो ।

‘आईसोलेसन कक्ष अन्यत्र स्थानन्त्रण भएपछि अस्पतालमा ओपिडी सेवा सुचारु गर्न सजिलो भयो । दाँत समेत फुर्सदमा रहेका डाक्टर एवं स्वास्थ्यकर्मीलाई काममा फर्कन सजिलो भएको छ’ बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘लकडाउनको कारण एक वस्तीबाट अर्को वस्तीमा आवत–जावत गर्न कठिनाई भएकोले ओपिडी सेवा खुल्दा समस्या हुँदैन । स्वास्थ्य परिक्षण गर्दा सामाजिक दुरी कायम गरिने छ ।’

वहिरंग सेवा सुचारु भएसँगै सेवा प्रवाह अवरुद्ध भएका सवैखाले रोगको स्वास्थ्य परिक्षण, औषधी वितरण, दन्त सेवा, ल्याय सेवा समेत बेनी अस्पतालबाट प्रवाह भएका सवै सेवा सुचारु भएका छन । बहिरंग सेवा सुचारु भएसँग स्वास्थ्य विमा गरेका विरामीले पाउँदै आएको निशुल्क औषधी, ल्याव परिक्षण, युएसजी, एक्सरे समेतका सेवा पनि पाउने भएका छन । ओपिडी सेवा बन्द हुँदा स्वास्थ्य विमा गरेका नियमित निशुल्क पाउने औषधी रोकिएको थियो ।

‘बेनी अस्पतालमा ओपिडी सेवा वन्द भनिएपनि गर्भवती परिक्षण, सुरक्षित सुत्केरी गराउने, इर्मजेन्सी र फिवर क्लिनिकमा औषत संख्याका विरामी आएका छन’ बेनी अस्पतालका डाक्टर डाक्टर नवराज वास्ताकोटीले भने, ‘लकडाउनले विरामी टाढाबाट सहज आउन सक्ने अवस्था नहुँदापनि फिवर क्लिनिकमा यति विरामीको संख्या धेरै नै हो । कोरना संक्रमति/लक्षण देखिएका विरामी राख्ने क्वारीन्टीन र आईसोलेसन अस्पताल बाहिर स्थानन्त्रण भएपछि ओपिडी संञ्चालनमा समस्या हुँदैन ।’

अस्पतालको ओपिडी सेवा बन्द गरी ज्वरो, रुघाखोकी र निमोनियाका विरामीलाई मात्र श्वास्थ्य परिक्षण गर्न छुट्टै फिवर क्लिनिक संञ्चालन गरिएको थियो । ‘लक डाउन’ पछि संञ्चालन गरिएको फिवर क्लिनिकमा वैशाख ३० गतेसम्म करिव तीन सय ज्वारोका विरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । फिवर क्लिनिकलमा उपचार गर्न आएकामध्य ९ जना डेंगु संक्रमित विरामी पहिचान भएको थियो । बेनी अस्पतालमा ओपिडी सेवा वन्द गरिएपनि इमजेन्सीमा निमोनिया, चोटपटक लागेको, दम समेत दैनिक २५–३० जना विरामी आउने गरेका सुचना अधिकारी प्रकाश शर्माले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल