FLASH NEWS
  • Loading...

लकडाउनमै धौलागिरी गाउँपालिकाले सुरु गर्‍यो विद्यालय भर्ना अभियान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९५ पटक पढिएको
लकडाउनमै धौलागिरी गाउँपालिकाले सुरु गर्‍यो विद्यालय भर्ना अभियान

धौलागिरी गाउँपालिका, २ लुलाङ्ग स्थित लुलाङ्ग आधारभुत विद्यालयको फाईल फोटो ।

धौलागिरी, चुरेन, पुथा र गुर्जा हिमालको फेदीमा अवस्थित जिल्लाका दुर्गम धौलागिरी गाउँपालिकाले मातहतका विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।
कोरना भाईरस संक्रमण त्रास विच चैत ८ गते देखी निर्धारित एसईई परिक्षा समेत स्थगित रहेको र नयाँ शैक्षिक सत्रमा पनि अन्यौल रहेका बेला धौलागिरी गाउँपालिकाले विद्यालय अभियान थालेको हो । जेठ ७ गतेदेखी विद्यालय खुल्ने र अध्यापन थाल्ने पनि गाउँपालिकाले जनाएको छ ।
‘सामाजिक दुरी कायम गरी विद्यार्थी भर्ना सुरु गरेका छौं । गाउँपालिकामा तीन जना गण्डकी प्रदेशबाहिरका बाहेक प्राय सवै शिक्षक स्थानीय रहेकोले जेठ ७ गतेदेखी संञ्चालन गर्दा समस्या नहुने ठानेका छौं’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘पुराना पाठ्यपुस्तक ब्यवस्थापन गर्न र लकडाउनले फुर्सदको उपयोग गरी तयारी अवस्थामा बस्दा उचित ठानेका हौं ।’
स्थानीय लकडाउनले गाउँपालिका भित्र नयाँ मान्छे नभित्रिएको, सवै विद्यालयमा प्राय: शिक्षक स्थानीय रहेको, कुनै ठूला आयोजना/प्रोजेक्ट नभएकोले नयाँ ब्यक्ति भित्रने संभावना समेत नभएको भन्दै गाउँपालिकाले विद्यालय भर्ना अभियानको औचित्य देखाएको छ ।
त्यसैगरी गाउँपालिकाले विद्यार्थी भर्ना हुन आउने विद्यार्थी/अभिभावकलाई पुराना पाठ्य पुस्तक अनिवार्य लिएर आउन उर्दी गरेको छ । वैशाख मै धौलागिरी जोड्ने सवै सडक अवरुद्ध भएको र वर्खायाममा झन समस्या हुने भएकोले तत्काल सवै विद्यार्थीको हातमा असोज यता नयाँ पुर्‍याउन असंभव देखिएकोले पुराना पाठ्यपुस्तक संकलन गर्न खोजेको पनि गाउँपालिकाले जनाएको छ ।
कोरना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न जेठ ५ गतेसम्मकालागी लागु गरिएको लकडाउन वेवास्ता गरेको भन्दै केही शिक्षकले भने असहमति जनाएको पनि गाउँपालिकाले बताएको छ । तर गाउँपालिकाले भने माध्यामिक तह स्थानीय तहको क्षेत्राधिकार रहेको प्रष्ट पार्दै संभव भएका शिक्षकहरु आलो–पालो मिलाएर विद्यालयमा उपस्थित भै काममा जुट्न भनेको छ ।
‘शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले लकडाउनका समयमा सवै विद्यालय अर्को सुचना नहुँदासम्म बन्द गर्न निर्देशन गरेको छ । हामीले यो निर्देशन सवै स्थानिय तहलाई जानकारी गराएका छौं । धौलागिरी गापालाई पनि सम्बन्धीत शाखा प्रमुखलाई फोनबाट समेत जानकारी गराएका छौं’ जिल्ला शिक्षा तथा समवन्य
य प्रमुख दलबहादुर थापाले भने, ‘स्थानीय तह मातहत रहेका विद्यालयमा भर्ना अभियान रोक्नेगरी हस्तक्षेप गर्ने क्षेत्राधिकार हामीमा छैन । संघिय मन्त्रालयको सूचना पुर्‍याएका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल