FLASH NEWS
  • Loading...

बिदामा अड्किएका नेपालीलाई वैशाख ३० मा कोरिया लगिने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६५ पटक पढिएको
बिदामा अड्किएका नेपालीलाई वैशाख ३० मा कोरिया लगिने

कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगीलकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२  (वैशाख३०) मा दक्षिण कोरिया उडाउने तय भएको छ ।
नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो । जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालैपालो उडाइनेछ भने चर्टर्ड नै भए पनि नेपाल एयरलाइन्सको विमान पहिलोपटक दक्षिण कोरियामा अवतरण हुनेछ ।
लकडाउनका कारण बिदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा बिदामा नेपाल पुगेका ८०० बढी नेपालीको रोजगारी नै गुम्ने खतरा बढेपछि यहाँका व्यवसायी, समाजसेवी र एनआरएनए कोरियालगायतले कोरिया फर्कनुपर्ने नेपालीलाई फर्काउन नेपाल सरकारलाई अनुरोध गरेका थिए ।
अनुरोध अनुरुप नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कोरिया फर्किनुपर्ने नेपाली श्रमिकलाई आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो ।
लगत्तै एनआरएनए कोरियाले नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरी गत अप्रिल ३० तारिखमै उडाउने तयारी गरेको थियो तर दक्षिण कोरिया सरकारको अनुरोधमा नेपाल सरकारले कोरिया फर्कने सम्पूर्ण नेपालीको स्वास्थ्य परीक्षण (र् यापिड टेष्ट) गरेर मात्र फर्कनुपर्ने निर्णय गरेपछि मेडिकलका लागि समय लाग्ने भन्दै उक्त उडान रद्द भएको जनाइएको थियो ।
तत्पश्चात नेपाल एयरलाइन्सले पुनः मे १२ तारिखको लागि उडान गर्ने निर्णयसँगै कोरिया आउन चाहने नेपालीको उडान कहिले होला भन्ने अन्योल हटेको छ । यसका लागि एनआरएनए कोरियाले संयोजन गरेको छ । यसका लागि चरणबद्धरूपमा काम भइरहेको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए ।
उनका अनुसार नेपालमा पुगेर रोकिएका र आउन चाहने नेपाली एक हजार ४०० बढी छन् । जसमध्ये ८०० बढीले फाराम नै भरेका छन् । तीमध्ये सबैको डाटा एचआरडी कोरियालाई बुझाइनेछ । बुझाइएका डाटाबाट अवस्था हेरी एचआरडी कोरियाले कोरिया फर्किन सक्ने नेपाली श्रमिकको निर्णय लिनेछ । यस अवधिमा नेपालमा रहेका नेपालीले शुक्रराज ट्रपिकल टेकु वा नजिकको र् यापिड टेष्ट गराउने अस्पतालबाट र् यापिड टेष्ट गराउनुपर्नेछ ।
टिकटवापत एक लाख १३ हजार ७७५ लाग्ने एनआरएनए कोरियाले जनाएको छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ । फर्किनुअघि कम्पनीसँग कुरा गरी कम्पनीले क्वारेन्टाइनको सुविधा दिन सक्ने वा नसक्ने तथा दिन नसके कोरिया सरकारले सहयोग गर्ने सूचना जारी भएको छ तर क्वारेन्टाइनको खर्च लाग्ने वा नलाग्ने खुलाइएको छैन । यसअघि दिनको एक लाख कोरियन वन तिरेर सरकारी क्वारेन्टाइनमा बस्न सकिने जनाइएको थियो ।
लकडाउनका कारण काठमाडौँ बाहिर भएकालाई काठमाडौँसम्म आउन समस्या हुनसक्ने भन्दै एनआरएनए कोरियाले गृहमन्त्रालयसँग समन्वय गरी घर नजिकैको सहरबाट यातयातको व्यवस्थासमेत गर्नेछ । तर, उक्त खर्च भने स्वयंले तिर्नुपर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र