FLASH NEWS
  • Loading...

उपचार गर्न गएका विप्लव नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८१ पटक पढिएको
उपचार गर्न गएका विप्लव नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) अस्पताल बाटै पक्राउ परेका छन्।

चितवन घर भएका नेता शर्माभर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले घेरा हाली अस्पताल बाटै नियन्त्रणमा लिएको हो ।

उनी अहिले प्रहरी नियन्त्रणमा अस्पतालमै उपचार गराई रहेका छन् । बिरही विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन्।

अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए। जनयुद्धमा लामो समय संघर्ष गरेका शर्मा शान्ति आएपछि सांसद मन्त्री केही भएका थिएनन्।

२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए।