FLASH NEWS
  • Loading...

नेकपाको केन्द्रीय सचिवालय बैठक बेलुका साढे ५ बजे सर्‍यो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८३ पटक पढिएको
नेकपाको केन्द्रीय सचिवालय बैठक बेलुका साढे ५ बजे सर्‍यो

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक डेढ घण्टा पछि सरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार सचिवालय बैठक आज बेलुका साढे ५ बजे बस्ने तय भएको छ। यसअघि बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो।

बैठकअघि पनि नेताहरूले आन्तरिक छलफल र भेटवार्तालाई तीव्रता दिइरहेका छन्। सरकारले दुईवटा अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरू केहीदिनदेखि छुट्टाछुट्टै छलफलमा केन्द्रित छन्।

१७ वैशाख साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादका विषयमा छलफल गरे पनि थप छलफल गर्न आज बैठक पुनः बस्ने सहमति भएको थियो। हिजो नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए।

दाहाल र नेपालबीच समेत हिजै नेपाल निवास कोटेश्वरमा पनि छलफल भएको थियो। १७ वैशाखको बैठकमा दाहाल-नेपाल समूहले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न अघि सारेको सर्तका बारेमा हिजोको छलफल कुराकानी भएको छ।

नेताहरूले आफ्नो पक्षमा बहुमत बनाउन हस्ताक्षर अभियान गर्नेदेखि अन्य नेताहरूलाई मनाउने प्रयास गरिरहेका छन्। प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब तीव्र बनेपछि १७ वैशाखको बैठकमा राजीनामा दिनु नै पर्ने भएपछि नेता बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन अध्यक्ष ओलीले अघि सारेको प्रस्तावले पनि नेकपाभित्र हलचल ल्याएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल