FLASH NEWS
  • Loading...

प्रहरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०१ पटक पढिएको
प्रहरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

आफ्नो गर्भ प्रहरीको भएकाले उनको डीएनए परीक्षण गर्नुपर्ने युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको छ । मंगलबार आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी बागलुङ नगरपालिका-३ की ३० वर्षीया सम्झना किसानका परिवारले आत्महत्या दुरुत्साहनको कारबाही चलाउन प्रहरीकहाँ जाहेरी दिएका हुन् ।
प्रहरी जवान राकेश दवाडीको प्रेम सम्बन्ध र गर्भ स्वीकार नभएपछि आत्महत्या गरेको ती युवतीको ‘सुसाइट नोट’मा लेखिएको छ । जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गरेर लेखिएको नोटमा आफ्नो गर्भ ती प्रहरीको भएकाले डीएनए परीक्षण गर्नसमेत भनेकी छन् ।
परिवारका सदस्यले उनको शव बुझेका छैनन् । नोटअनुसारको परीक्षण हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरेर उनीहरुले शव नउठाएको एसपी नवराज भट्टले बताए । आफू दलित परिवारको भएको र दवाडी गैरदलित भएकले स्विकार नगरेको नोटमा दाबी गरिएको छ । उनी श्रीमान्‌सँग सम्बन्ध बिच्छेद भएर बसेकी थिइन् । उनकी सानी छोरी छिन् ।
मृतकका बाबु खड्गबहादुर सार्कीले मर्न बाध्य पारिएकाले दुरुत्सहन मुद्दामा कारबाही माग गरेर प्रहरीमै मुद्दा दिएका हुन् । यसबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही गरिने एसपी भट्टले बताए ।
फौजदारी मुलुकी संहिता आएपछि जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनका आधा दर्जन मुद्दा परेका थिए । तर प्रहरीविरुद्ध परेको यो नै पहिलो मुद्दा हो ।