FLASH NEWS
  • Loading...

चिनियाँ राजदूतको दौडधुप, नेकपाका शीर्ष नेतासँग लगातार भेटवार्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८१ पटक पढिएको
Post Thumbnail

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले आज, १९ वैशाख बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेकी छन्। बिहान दाहाल निवास खुमलटार पुगेर छलफल गरेकी राजदूत यान्छी त्यसपछि वरिष्ठ नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेकी थिइन्। दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले द्धिपक्षीय हितका विषयमा छलफल भएको बताए।

त्यस्तै नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि दुई नेतासँग राजदूतले भेटवार्ता गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। वरिष्ठ नेता नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहाकार रहेका रिजालले फेसबुकमा लेखेका छन् भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको छ।

१८ वैशाख साँझ राजदूत यान्छीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन्। तर प्रधानमन्त्रीको सचिवालय र राजदूतावास दुवैले यी भेटबारे खुलाएका छैनन्। अघिल्लो साता चिनियाँ राष्ट्रपति सि चीनफिङसँग राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि राष्ट्रपति भण्डारीलाई भेट्न राजदूत यान्छि शितलनिवास पुगेको बताइएको छ। उक्त भेटवार्ताबारे पनि केही खुलाइएको छैन।

नेकपाभित्र बढ्दो विवाद र गहिरिँदो संकटका बीच चिनयाँ राजदूतले नेकपाका शीर्ष नेताहरूसँग गरिरहेको लगातारको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। देखापढीमा समाचार छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल