FLASH NEWS
  • Loading...

वन्दाबन्दीले १५ नाउर र ५ झारलको ज्यान जोगियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९४ पटक पढिएको
वन्दाबन्दीले १५ नाउर र ५ झारलको ज्यान जोगियो

|फोटो ः नेपाल वाईल्डलाईफ सफारी

मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्षमा यस वर्ष नाउर, झारल समेतका वन्यजन्तुको सिकार भएन ।

ढोरपाटन आरक्षमा सिकार खेल्ने मुख्य सिजनमा कोरना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न लागु गरिएको लकडाउनले विश्वका विभिन्न देशबाट सिकारी आउन नपाउँदा सिकार रोकिएको हो ।

राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा नेपालका हिमालय सफारी, नेपाल वाइल्ड लाइफ एडभेन्चर, ट्याक्स एण्ड ट्रेल प्रालि, हिमालयन आउट फिटर, ग्लोवल सफारिज समेतका ६ वटा सिकार गराउने कम्पनीहरुले १० नाउर र ५ झारल मार्न हन्टिङ वुकिङ्ग, लाईसेन्स लिएका थिए । यस वर्ष सिकार खेल्ने दुरी र भौगोलिक अवस्थितीका आधारमा एउटा वन्य जन्तुको १ लाख ६५ हजारदेखी १ लाख ९० हजारसम्मको रेञ्जमा राजश्व बुझाएका थिए ।

ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न विश्वका नामुद सिकारीहरुले राजश्व समेत बुझाई हन्टिङ वुकिङ्ग लाईसेन्स लिएका थिए । उनीहरु सिकारकालागी नेपाल आउने वेलामा अध्यागमनले फागुन ३० गतेदेखी कोरना भाईरस संक्रमणको त्रासले नेपाल आउन रोक्यो । चैत ११ देखी त नेपालभर लकडाउन नै भयो । त्यसैले सिकारी आउन सकेनन राष्ट्रिय निकन्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यो सिजनको ठूलो राजश्व गुमेको छ । यो सिजनमा राजश्व वुझाएका सिकारीलाई अर्को सिजनमा बोलाउने योजनामा छौं ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीले अनुमति प्रदान गरेपछि सिकारीको नाम, सिकारीको देश, सिकार गर्ने वन्यजन्तुको नाम, सिकार खेल्ने ब्लग, सयम, प्रयोग हुने हतियार र गोलीको विवरण तयार भएपछि विश्वभर फैलिएको कोरना भाईरस संक्रमण त्रासका विच नेपालले पनि लकडाउन लागु गरेपछि सिकारी रोकिएका हुन ।

धौलागिरी हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई विसं २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षले ०४४ सालबाट मात्र सरकारी मान्यता पाएको हो । ढोरपाटन सिकार आरक्षमा असोजकात्तिक र चैतबैशाख गरी दुई सिजनमा सिकार गर्न सकिन्छ ।

राष्ट्रिय निकुञ्जबाट सिकार अनुमति लिएका सिकारीले ढोरपाटन स्थित सिकार आरक्षको कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र सिकार गन्तब्यमा जान पाउँछन । अनुमति प्राप्त सिकारीले राती सिकार खेल्न, बच्चा र पोथी प्रजातीका वन्यजन्तुको सिकार गर्न पनि निषेध छ ।

सिकारीलाई एकै स्थानमा शिकार गर्न भने निषेध छ । विदेशी पर्यटकले राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण नियमावली २०३० को दफा ७ को (क), (ख) र (ग)मा उल्लेख भए अनुसारका हतियार खजनाको मात्र प्रयोग गर्न पाईन्छ । मुलुकको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा नाउर, झारल लगाएतका वन्य जन्तुको सिकार खेल्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्ने खुल्ला गर्ने विध्तिय प्रतिस्पर्धाबाट महंगो शुल्क बुझाएर सिकार कम्पनीहरुले हन्टीङ्ग बुकिङ गर्नु पर्छ । ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा (blue sheep) हो ।

ढोरपाटन सिकार आरक्षले सेङ, सुनदह, सुर्तिवाङ, वार्से, डोगारी, फागुने र गुस्ताङ्गगरी सात वटा व्लग छुट्टाई दिएको छ । सुर्तिवाङ्ग बाहेक अन्य सवै ब्लकहरुमा नाउर र झारल मार्न पाईन्छ । ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङ्गी पाईन्छन । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । ढोरपाटनमा निलभेडा (नाउर) र झारल (हिमाली थार) बढी पाईन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा  लगाएतका लोपुन्मुख बन्यजन्तुको भने सिकार गर्न निषेध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र