FLASH NEWS
  • Loading...

ओलीलाई चुनौती दिन दाहाल-नेपालको पनि हस्ताक्षर अभियान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८४ पटक पढिएको
ओलीलाई चुनौती दिन दाहाल-नेपालको पनि हस्ताक्षर अभियान

बुधाबर दिउँसो बालुवाटारमा आफ्नो समूहका केन्द्रीय सददस्य र संघीय सांसदलाई बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान लिएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्न दबाब दिएपछि ओलीले आफ्नो पक्षमा बहुमत जुटाउने अभियान थालेका हुन्।  सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नेता हरिबोल गजुरेलले ओलीविरुद्ध हस्ताक्षर अभियान थालेका थिए। उक्त हस्ताक्षर अभियानमा नेपाल समूहले पनि समर्थन जनाएपछि आक्रोशित ओलीले बुधबार आफ्नो समूहका नेता र सांसदलाई बालुवाटारमा बोलाएका थिए।

बुधबार बालुवाटारमा छलफलका लागि बोलाइएका सांसद र केन्द्रीय सदस्यहरुलाई ओलीले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयोजनका लागि हस्ताक्षर अभियानमा जुट्न निर्देशन दिएका थिए। बालुवाटार पुगेका एकजना सांसदले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मलाई अनावश्यक दबाब दिइयो, असहयोग गरियो। अब बहुमत जुटाएरै अघि बढ्नुपर्ने भयो। अनावश्यक दबाबसामू झुक्ने कुरा हुँदैन।’

शाख ८ गते साँझ विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी र संवैधानिक निकायमा नियुक्तिसम्बन्धी दुई अध्यादेश सल्लाह नै नगरी जारी गरेपछि सबैभन्दा पहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित भएका थिए। त्यही दिन बालुवाटारमा बसेको सचिवालय बैठकमा दाहालले पार्टीसँग सल्लाह नै नगरी कुबेलामा गलत मनासयसहित दुई अध्यादेश ल्याएको भन्दै उनले आपत्ति जनाएका थिए। सपछि गत बुधबार नेपाल र दाहाल समूहका २० नेताहरुले ओलीलाई दुवै अध्यादेश फिर्ता गरी तत्काल स्थायी कमिटी बैठक बोलाउन ओलीमाथि दबाब बढाएका थिए।

अध्यादेशपछि उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा  दाहालकै पहलमा ६ जना सचिवालय सदस्यको बैठक बसेको थियो। ओलीनिकट विष्णु पौडेलसमेत उपस्थित भएको उक्त बैठकले आफूलाई बिदा नै गर्ने निचोड निकालेपछि उनी आक्रोशित भएका थिए। त्यसपछि ओलीले माधव नेपाललाई फकाउन पार्टीमा तीन अध्यक्ष राख्नुपर्ने प्रस्ताव गरेका थिए। तर कोटेश्वरमा भएको नेपाल समूहको भेलाले उक्त कुरालाई अस्वीकार गर्दै ओलीले दुई पदमा एक छाड्नै पर्ने बताएको थियो। यही बेला ओलीले दूतका रुपमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए। जहाँ ओलीको तर्फबाट सन्देश दिँदै पोखरेले अध्यादेशको पाटो सकिएकाले मिलेर अघि बढ्न भनेका थिए। त्यसपछि कोटेश्‍वरमा भएको नेपाल-ओली समूहको वार्तामा पनि सहमति जुटेन। जहाँ नेपाल समूहले ओलीले दुईमध्ये एक पद छाड्नै पर्ने मत राखेको थियो।
उता ओलीले वार्ता टोलीमार्फत् तीन अध्यक्ष राखेर जान तयार रहेको सन्देश दिएका थिए।  तर आफ्नो प्रस्तावमा नेपाल समूह सहमत नभएपछि ओ‌लीले अब देखाएरै छाड्ने रणनीति बुनेका हुन्। ‘दुवै नेता मिलेर पेल्न थालेपछि उहाँले अब बहुमत जुटाएर मात्रै सचिवालय र स्थायी कमिटीमा जाने निचोड निकाल्नु भएको हो’, उनीनिकट एक सांसदले भने, ‘यसो भएपछि उहाँमाथि भइरहेको आक्रमण पनि रोकिने आँकलन गरिएको छ।’ मंगलबार मात्रै बालुवाटारमा अध्यक्ष प्रचण्डले ओलीलाई एक पद छाड्नै पर्ने दबाब दिएका थिए। अ

ध्यक्ष छाडेर आफूलाई पार्टी सञ्‍चालनको पूर्ण जिम्मेवारी दिनुपर्ने अडान प्रचण्डले राखेपछि ओली झनै आक्रोशित भए। उनले आफू नेतृत्वको सरकार ढाल्ने रणनीति बनाइएको भन्दै अब आफू चुप लागेर नबस्ने बताएका थिए। यस्तोमा बुधबार बालुवाटारमा हस्ताक्षर अभियान चालिएको हो। हस्ताक्षर अभियानमा ओलीको पक्षमा ९२ जना सांसद उभिएको दाबी गरिएको छ। ओलीको पक्षमा ७८ जना सांसदको समीकरण रहेको बताइएको थियो।  समूहगत विवाद चर्किँदै गर्दा प्रचण्ड समूहका लेखराज भट्ट, दीनानाथ शर्मा, टोपबहादुर रायमाझीसहितले ओलीलाई साथ दिने संक‍ेत गरेका थिए। तर समूहगत विभाजनका क्रममा यी सबै नेता ओलीतिरै ढल्किने सम्भावना पनि न्यून छ।

ओलीले बहुमतका लागि प्रचण्ड र नेपाल समूहका १० देखि १५ जना सांसद तान्‍ने रणनीति बनाएका छन्। त्यही रणनीति अनुसार बुधबार बालुवाटारमा गरिएको हस्ताक्षर अभियानमा ९२ जनाको सहमति जुटेको दाबी ओली समूहले गरेको छ। ओलीलाई समर्थन गर्न सांसदहरु माया ज्ञवाली, विद्या भट्टराई र तुलसा थापासमेत पुगेका थिए।  ओलीले आफ्नो पक्षमा बहुमत जुटाएर मात्रै सचिवालयमा जाने रणनीति बनाएका छन्। यही रणनीति अनुसार उनी आज बस्‍न लागेको सचिवालयमा बहुमत सांसदको हस्ताक्षर लिएर जाने तयारीमा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल