FLASH NEWS
  • Loading...

वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७४ पटक पढिएको
Post Thumbnail


सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि २५ वैशाखसम्म थप्ने निर्णय गरेको हो।
कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसका आधारमा हाललाई लकडाउनको अवधि बढाउने निर्णय भएको भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री पद्‌मा अर्यालले बताइन्।
यसअघि २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढाएको लकडाउनको समय भोलि राति १२ बजे सकिँदैथियो।  यसअघि उच्चस्तरीय समितिको हिजो १३ वैशाखमा बसेको बैठकले आन्तरिक तथा हवाई उडान आउँदो २ जेठसम्म बन्द गर्ने निर्णय गरिसकेको छ।
मन्त्रिपरिषद्को १२ वैशाखको  बैठकले उच्चस्तरीय समितिलाई लकडाउनका सम्बन्धमा प्रस्ताव ल्याउन निर्देशन दिए बमोजिम समितिले हिजै कार्यदल बनाएको थियो।
कार्यदलले एक हप्ता अवधि बढाउने सुझावसहितको प्रतिवेदन समितिलाई बुझाएको थियो। कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै सरकारले ११ चैतदेखि नेपालभर लकडाउन लागू गरेको थियो।  हालसम्म नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल