FLASH NEWS
  • Loading...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९२ पटक पढिएको
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । यो विश्वकै सबैभन्दा बढी मृत्यु हुनेको संख्या हो ।

अमेरिकामा विगत २४ घण्टामा मात्रै ३,००० भन्दा बढी मानिसको ज्यान गएको छ। अहिले अमेरिकामा ८,७०,००० भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको छ। यद्यपि, युरोपेली मुलुकको तुलनामा अमेरिकामा यो मृत्यु दर कम रहेको ह्वाइट हाउसको टास्क फोर्सले दावी गरेको छ ।

यसैबीच, कोरोनाको संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकै अवस्थामा पनि अमेरिकाका केही क्षेत्रहरु हप्तौँ लामो लकडाउनपछि खुला हुन थालेका छन् । जर्जिया, अलास्का र ओक्लाहोमामा शुक्रबार केही सलुन, बलिङ एलिज तथा अन्य व्यवसाय खुलेका छन् । अमेरिकाका केही भाग पुन: खुलेपछि यो भयावह समाचार आएको हो।

अमेरिकापछि इटालीमा २५ हजार ९ सय ६९ जनाको मृत्यु हुँदा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय नाघेको छ । स्पेनमा २२ हजार ५ सय २४ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार बढी संक्रमित भएका छन् ।

विश्वभर कोरोना भाइरसबाट १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ । यस्तै, २७ लाख ९० हजार ९ सय ८६ जनामा संक्रमण देखिएको छ ।