FLASH NEWS
  • Loading...

उदयपुरमा सङ्क्रमित सङ्ख्या ४२ , भयावह हुनसक्छ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७४ पटक पढिएको
उदयपुरमा सङ्क्रमित सङ्ख्या ४२ , भयावह हुनसक्छ

नेपालमा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। त्यसमध्ये उपचारपछि निको भएर घर फर्किएका पाँचजना छन्।
संक्रमितमध्ये पूर्वी नेपालको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केबस्तीमा मात्र २४ जना फेला परेका छन्।
सो बस्तीको नुरी मस्जिदमा रहेका १६ जनामध्ये ११ भारतीय नागरिक र एकजना नेपाली गरी कूल १२ जनामा ५ वैशाखमा कोभिड-१९ पुष्टि भएको थियो।
त्यसको भोलिपल्ट अर्का एक नेपालीको नमूना परीक्षण पोजिटिभ देखियो।
आज १२ जनामा कोभिड-१९ पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्‍टि गरेको छ।
तीमध्ये आठजनाको कोशी अस्पतालको प्रयोगशालामा नतिजा पोजिटिभ आएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा भेरिफाइ गर्ने क्रममा संक्रमण देखिएको हो।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहीँका अरु तीनजनाको रिपोर्ट पनि पोजिटिभ आएको छ।   आज कोभिड-१९ पुष्‍टि भएका आठजना यसअघि संक्रमित भेटिएका १३ जनाको सम्पर्कमा गएका आसपासका क्षेत्रका व्यक्तिहरू भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
उनीहरुलाई आज बिहानै दुई वटा एम्बुलेन्सबाट कोशी अस्पताल पठाइएको उनले जानकारी दिए।   एकै ठाउँ १३ जना बिरामी देखिएसँगै संक्रमितको तथ्यांकमै उतारचढाब ल्याएपछि ६ वैशाखबाटै भुल्केबस्ती र आसपासको क्षेत्र सिल गरेर ‘मास टेष्‍ट’ भइरहेको छ।
पहिलो दिन ६ वैशाखमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक टोलीले ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न लगेको थियो।
स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार ती नमूना घरका मुलीहरू, त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मात्र हो।
“हामीले त्यो दिन र्‍याण्डम्ली मात्र नमूना संकलन गरेका थियौँ। तर, यति थोरै नमूनामा यत्रो संख्या बढेपछि खतराको आकलन नै गर्न नसकिने भो”, उनले भने, “घरमुलीको मात्र थ्रोट स्वाब लिएका हौँ। कम्तिमा यी आठजनाको परिवारका सदस्य र सम्पर्कमा आएकाहरूको त अझै परीक्षण बाँकी नै छ।”
६९ जनाको नमूना परीक्षणको क्रममा ८ जना पोजिटिभ देखिनुले परीक्षण द्रुत गतिमा बढाउनुको विकल्प नभएको उनको भनाइ छ।
शुरूमा संक्रमित पाइएका ११ जना भारतीय २६ मंसिरमा नै नेपाल छिरेको भन्दै उनीहरूको सम्पर्कमा आएकाहरूलाई कोभिड-१९ परीक्षणका लागि आउन प्रहरीले दुई दिनअघि सार्वजनिक आव्हान नै गरिसकेको छ।
स्थानीय प्रशासनका अनुसार उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल