FLASH NEWS
  • Loading...

बागलुङ बरेङ-३ का वडाध्यक्षको घरमा आगलागी, छोराको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८८ पटक पढिएको
बागलुङ बरेङ-३ का वडाध्यक्षको घरमा आगलागी, छोराको मृत्यु

बागलुङ बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको मृत्यु भएको छ ।
छिमेकी गुल्मी जिल्ला चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्र्मा रहेको खनाल स्टोर्समा आगलागी हुदाँ वडा अध्यक्ष खनालका कान्छा छोरा १५ वर्षिय समिर खनालको मृत्यु भएको हो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीमा तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए ।
आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्रि गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । परिवारका चारै जना घरभित्र रहेको भएपनि अर्को घरबाट तत्काल तीन जनाको उद्धार सम्भव भएको तर, एक जनाको उद्धार गर्न नसकिएको स्थानीय नरबहादुर बिकले बताए । घाईते वडाध्यक्ष खनाल र उनकी श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको बिकले बताए ।