FLASH NEWS
  • Loading...

आइसोलेसनबाट पत्रकार सच्ची मैनालीेको स्ट्याटस- ‘श्वास फेर्न निकै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४९५ पटक पढिएको
आइसोलेसनबाट पत्रकार सच्ची मैनालीेको स्ट्याटस- ‘श्वास फेर्न निकै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन’

२४ घण्टा अघि बुलेटको गतिमा आएको पीडा आज कछुवाको गतिमा छ र सहनसक्ने पनि भएको छ । बुलेटले कछुवाको गति लिएपनि दुख भने निरन्तर दिईनैरहेको छ ।
कुनै बेला डङ्रङै ढालिदिन्छ त कुनै बेला उठ्न त दिन्छ तर बारम्बार जिस्क्याई रहन्छ, सताईरहन्छ । आज त ३ घण्टा भन्दा बढि सुत्न पनि दिएन । कुनै बेला अलिकति श्वास फेर्न गार्हो हुने, बेला बेलामा अलिकति छाती दुख्ने बाहेक एक दुईपटक मात्रै खोकि थपिएको छ ।
डक्टरले पनि कोभिड १९ कै शंका गर्यो । हरेक ८ घण्टामा १००० एमजीको टिलेनोल र टमी फ्लु खान र रेष्ट गर्नुभन्ने डक्टरको सल्लाह छ ।
यस बिच मेरो फोनमा यहॉहरूको माया स्वरूप फोन कल, मेसेन्जर,भाईबर, रेगुलर मेसेजमा मेसेजको बाढि आएको छ । तर चाहेर पनि जवाफ फर्काउन सकेको छैन । कतिले त मेरो फोन नउठेपछि आत्तिएर एक अर्कोलाई फोन गरेर जानकारी लिएको पनि थाहा पाएँ । शायद तपॉईंहरूको ठाउँमा म भएको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला । धेरै जनाले मेरो अवस्था अपडेट गर्न अनुरोध गर्नुभएको छ । केहि मेसेज हेरें, केहिलाई रिप्लाई गरें तर सबैको जवाफ दिन यतिखेर म असमर्थ भएकोले फेरि एकमुष्ठ स्ट्याटस नै लेखेको छु ।
यतिखेर म आफ्नो घरमा नै आईसोलेसनमा छु । कोभिड १९ को शंका गरिएपनि मेरो लागी यतिखेर कुनै टेस्ट उपलब्ध छैन ।
मैले कोरोना भए नभएको टेस्ट गर्न किन नपाउने ? मेरो डक्टरको भनाई अनुसार
म पुर्ण रूपमा स्वस्थ ब्यक्ति भएको र मलाई डाईबेटिज, मुटुको रोग लगायतका कुनै अरू रोग नभएको, म स्वास्थ्य कर्मी नभएको र म कोरोना संक्रमित पेसेन्टको सम्पर्कमा सिधै नआएको हुँदा मैले कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने क्राइटेरिया मिट गर्दिन । त्यसैले अहिले अलि अलि छाती दुखेको र बेलाबेलामा श्वास फेर्न अलि अलि गार्है भएपनि श्वास फेर्न निकैनै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन । श्वास फेर्न गार्हो भई हिरिक हिरिक नै पारेमा भने मलाई ईमरजेन्सि रूममा जान सुझाव दिईएको छ ।
यहॉहरूको जानकारीको लागी-
यतिखेर कोभिड पोजेटिभनै देखिईसकेका पेसेन्टहरूलाई पनि घरमै आईसोलेसनमा बस्न भनिएको छ । उनीहरू पनि श्वास फेर्न गार्हो भई हिरिक हिरिक नभईन्जेलसम्म ईमरजेन्सिमा जाने परिस्थिति छैन । अहिले अमेरिकाको परिस्थिति हेर्दा संक्रमित नभएकाले पनि अस्पतालबाटै संक्रमण बोकेर आउन सक्ने भएकोले अनावश्यक रूपमा अस्पताल नगएकै राम्रो भन्ने सल्लाह बिशेषज्ञहरूको छ । यतिखेर कोरोनाको अघि अरू सबै समस्याहरू गौण छन् । कोरोना पोजेटिभनै भएपनि ईमरजेन्सि जान र टेस्ट क्राइटेरिया मिट गर्न पनि श्वास फेर्न नसकेर हिरिक हिरिक नै हुनुपर्ने अवस्था छ ।
शायद त्यसैले यसलाई महामारी भनिएको होला । महामारीमा यस्तै हुने रहेछ । त्यसैले बेलैमा सबै सजग रहौं । सबैले बुझौं, यो सामान्य परिस्थिति होईन । कोरोना लागेर यससंग संघर्ष गर्नुभन्दा कोरोना लाग्नै नदिने बाटो रोज्ने हर सम्भव कोशिस गरौं, साबधानी अपनाऔं तर कोरोना लागीहालेमा भने डटेर यसको सामना गरौं । नआत्तिऔं । आफु पनि बचौं र अरूलाई पनि बचाऔं ।
मैले लेख्न सक्दासम्म अपडेट दिनुपर्ने अवस्थामा निरन्तर लेखिरहनेछु । यहॉहरू नआत्तिनुहोला ।
(मैनाली अमेरिकाको पेन्सीलभानिया हुनुहुन्छ । केही बेर अघिको उहाँको फेसबुक स्ट्याटसबाट साभार, अमेरिकी नेपालीको कोरना कहरको कथा हामीले खुल्ला नेपालबाट साभार गरेका हौं । )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल