FLASH NEWS
  • Loading...

बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३४१ पटक पढिएको
बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

कोरोनाको परीक्षणका लागि बागलुङमा भैरहेको र्‍यापिड टेस्टका क्रममा काठेखोला गाउँपालिकामा एक जना कोरोना पोजेटिभको शंकास्पद फेला परेका छन् । तिर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राबिधिकहरुले जनाएका छन् ।
‘एक जनामा कोरोना भाइरसको शंका देखापरेको जानकारी आएको छ, त्यसको पुष्टिका लागि काम भैरहेको छ’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने ‘हाम्रा साथीहरु काम गरिहरेका छन् । थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ ।’ संक्रमणको शंका देखिएकी महिलाको परिवारलाई क्वारेन्टाईनमा राख्ने प्रयास थालिएको छ ।
यो समाचार तयार पार्दासम्म जिल्लाभर ३ सय ८६ जनाको ¥यापिड टेष्ट किटद्वारा कोरोनाको परीक्षण भएको छ । ‘किटले पोजेटिभ वा नेगेटिभ देखाए पनि परीक्षण भएकामध्ये १० प्रतिशतको स्वाब समेत संकलन गर्ने भन्ने निर्देशन छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘शंकास्पद सबैको थ्रेट स्वाबनै परीक्षण भएपछि मात्रै कोरोना भए नभएको जानकारी हुन्छ ।’ जिल्लाका दशवटै स्थानीय तहमा स्वास्थ्य प्राबिधिक खटाएर बिदेशबाट आएका र शंकास्पद बिरामीहरुको जाँच भैरहेको छ । @dhorpatan news

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र