FLASH NEWS
  • Loading...

नेपालमा थप तीनजनामा कोरोना संक्रमण, नयाँ संक्रमितमा दुईजना कैलाली र एक जना कंचनपुरका

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३३९ पटक पढिएको
नेपालमा थप तीनजनामा कोरोना संक्रमण, नयाँ संक्रमितमा दुईजना कैलाली र एक जना कंचनपुरका

बाहिरबाट आएकामा कोरोना भाइरस संक्रमण देखिँदै आएकोमा आज भेटिएको नयाँ संक्रमितसँगे नेपालभित्रै पनि कोभिड-१९ पुष्‍टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं। नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेजमा केही बेरअघि सार्वजनिक गरेको विवरण अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोभिड-१९ देखिएको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि आफ्नो फेसबुक पेजमा तीनजना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन्। कैलालीकी महिला भने कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ।

यसअघि बाहिरबाट आएकामा कोभिड-१९ पोजेटिभ देखिएकोमा आज भेटिएको संक्रमितसँगै पहिलो पटक नेपालभित्रै रहेको व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले भनेको छ। यी तीनजनामा कोभिड-१९ देखिएसँगै नेपालमा कोरोना भाइरस पोजेटिभका बिरामी नौ जना भएका छन्।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र