FLASH NEWS
  • Loading...

पोखरामा स्वाब परिक्षण सवै चार जनाको रिपोर्ट नेगेटिभ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९३ पटक पढिएको
पोखरामा स्वाब परिक्षण सवै चार जनाको रिपोर्ट नेगेटिभ

गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । अहिलेसम्म ४ जनाको स्वाब परीक्षण गरिएको छ । निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माका अनुसार कास्कीका ३ र बागलुङ्का १ जनाको गरिएको स्वाब परीक्षण सफल भएको हो ।
परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ । नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ । कोरोना जाँच्ने पीसीआर मेशिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ ।
गण्डकी प्रदेशबाट अहिलेसम ४७ जनाको नमूना संकलन गरिएको छ । तीमध्येमा २६ जनाको स्वाब परीक्षणको रिपोर्ट आइसकेको छ । त्यसमा २५ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको हो । अन्य २१ जनाको स्वाब परीक्षण हुन बाँकी छ । गण्डकी प्रदेशका ४ जिल्ला लमजुङ्, नवलपुर, मनाङ र मुस्ताङबाट अहिलेसम्म कसैको पनि नमूना संकलन गरिएको छैन ।  ढोरपाटन न्युजबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल