- Loading...
लक डाउन’ हेर्न सडकमा
- पुनहिल डट कम
- ४ साल अघि
- १९४ पटक पढिएको

विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस (कोभिड–१९)को संक्रमण फैलन नदिई नागरिकलाई कोभिड –१९ रोगबाट जोगाउन सरकारले मंगलवार विहानै देखी देशभर ‘लक डाउन’ गरेको छ । तर विषयको गम्भीरतालाई बुझ्न नसक्दा बेनीबासी विहानै देखी पसल वन्दगरी सडकमा डुलिरहेका, चोकगल्लीमा गफगाफमा झुमिएका छन ।
असामान्य परिस्थितीमा नागरिकको ज्यूज्यान र धनसम्पत्तिको रक्षा गर्न र उत्पन्न कठिन अवस्थालाई समान्य अवस्थामा फर्काउन राज्यले निस्चित अवधिकालागी मान्छेहरु बसेको स्थान/घरबाट बाहिर/भित्र नगर्न जारी गर्ने आदेशलाई लक डाउन भन्ने गरिन्छ ।
तर म्याग्दी सरदमुकाम बेनीबासीले भने विहानै देखी घरपसल बन्द गरेर ‘लक डाउन’ हेर्न सडकमा निक्लिएको देखियो । लक डाउन भनिए पनि विहानै देखी चिया पसलमा भिडभाड थियो । चोकमा मान्छेहरु भेला भएका थिए । विना काम सडकमा मान्छेहरु ओहोर–दोहोर गरेको देखिएको छ । अत्यावश्यक बाहेका सवै यातायात बन्द गरिएपनि बजरमा घुम्न मोटरसाईकलमा हुईकिने बहादुर पनि धेरै नै थिए । केही यातायात ब्यवसायीले दोब्बर/तेब्बरसम्म यात्रु यात्रु ओसार पसार गरेका थिए । केहीले लक डाउनलाई घुमफिर अवसरको रुपमा डुल्न निक्लेका छन ।
‘मान्छेहरु आफ्नै स्वास्थ्यप्रति यतिधेरै खेलवाड गरिरहेका छन । लक डाउन घोषणा गर्दा समेत सरकारलाई चुनौति दिँदै आन्दोलनमा निक्ले जस्तो मान्छे सडकमा निक्लेर बसेका छन । मान्छेहरु अवुझ भएपछि कानुनलाई थप कडा पार्नु पर्ने देखिएको छ । दिउँसोदेखी कर्फ्यु नै लगाउने विषयमा छलफल भैरहेको छ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘साना सार्वजनिक यातायातले बढी भाडा लिएर यात्रु बोक्ने गरेको गुनासा आएका छन । गाउँका पसलमा सामानको मुल्य वृद्धीको गरेको खवर आएपछि नियमन बढाएका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
