FLASH NEWS
  • Loading...

कोरना संक्रमण उच्च सतर्कता, तातोपानीका पोखरी बन्द

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९८ पटक पढिएको
कोरना संक्रमण उच्च सतर्कता, तातोपानीका पोखरी बन्द

|File photo, bhurung Tatopani

कोरना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागी जिल्लामा सर्तकता बढाईएको छ ।
संत्रमणको जोखिम कम गर्न धेरै विरामीको भिडभाड रहने बेनी नगरपालिका, ४ सिङ्गा तातोपानी समेत हाडजोर्नी, ग्यास्टीक समेत विभिन्न रोगको प्राकृतिक उपचार गरिने तातोपानीका पोखरीमा डुब्न रोक लगाईएको छ ।
कोरना भाईरस (कोभिड–१९) संक्रमण जोखिम कम गर्न बुधवारदेखी बेनीमा आयोजना गरिएको मगर विद्यार्थी संघको राष्ट्रिय भेला स्थगित गरिएको छ । अन्य सभा सम्मेलन, मेलाजात्रा लगाउन अस्थाई रोक लगाईएको छ । सत्तारुढ नेकपाले कोरना भाईरस संक्रमणबाट वच्न पर्चापम्प्लेट घरदैलो पुर्‍याएको छ ।
‘कोरना भाईरस संक्रमणको जोखिम कम गर्न बढी मानिस जम्मा हुने सभासम्मेलनमा रोक लगाउने, विदेशबाट फर्केका र आसंका गरिएका विरामीको खोजी गर्दै नमुना संकलन  गरिरहेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘तातोपानीमा डुब्न बढी उमेर समुहका, केही न केही रोग लागेका हुनेहुँदा संक्रमणको जोखिम बढी हुन्छ, त्यसैले स्थानीय तहमार्फत तातोपानीमा डुब्ने ब्यवस्था अनिश्चित समयसम्म रोकेका छौं ।’
त्यसैविच कोरना भाईरस संक्रमण रोक्न हिमालपारीको जिल्ला मुस्ताङ्गमा भित्रने पर्यटकको रुघाखोकी, ज्वरो जाँच सम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको छ ।
चीन सीमावर्ती कोरला नाकामा पर्ने लोमन्थाङ, स्थलमार्गबाट मुस्ताङ प्रवेशस्थल घाँसा, हवाई यात्रुकालागी जोमसोम विमानस्थल र अन्नपूर्ण चक्रिय पदमार्गको मनाङबाट थोरङ्गलापासहुँदै भित्रने पर्यटककालागी मुक्तिनाथमा हेल्थ डेस्क स्थापनागरी स्वास्थ्य परिक्षण सुरु गरिएको छ ।
‘मुक्तिनाथ र जोमसोम विमानस्थलमा मुस्ताङ भित्रने पर्यटकको रुघाखोकी, ज्वरो समेतका स्वास्थ्य परिक्षण थालेका छौं’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘शनिवार पैदलमार्गबाट मुस्ताङ्ग प्रवेश गरिने म्याग्दी सीमावर्ती घाँसामा पनि हेल्प डेस्क स्थापना भएको छ, कोरला नाका वन्द रहेको र तलबाट पनि कोही पुग्न सक्ने अवस्था नभएकोले सडक खुल्नासाथ राख्छौं ।’