FLASH NEWS
  • Loading...

म्याग्दीमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ६९ पटक पढिएको
म्याग्दीमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ६ कुटुकामा शनिवार राती ८.३० बजे परेको चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ ।
जोडिएका दुई घरमा चट्याङ्ग लागेर छुट्टाछुट्टै परिवारका ४० बर्षिया कुमारी पुन र २५ बर्षिय रविन पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एकान्त स्थानमा रहेका घरमा चट्याङ लागेपछि परिवारले नजिकको वस्ती घोडेपानीका आफन्तलाई खवर गरेका थिए । चट्याङ्ग लागेको दुई घनटापछि घाईतेको उद्धारगरी बाक्लो हिउँ, पहिरो छिचोल्दै ५ घन्टामा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटर बाटोको पहुँच नभएको एकान्त वस्तीमा पुग्नै करिव दुई घन्टा लाग्यो । राती बाक्लो हिउँ र पहिरोमा विरामी बोकेर सडकमा निक्लनै समस्या भयोउद्धारकर्ता शुशिल गुर्वजाले भने, ‘रती नजिकै स्वास्थ्य चौकीमा गुहार पनि पाईएन, बेनी अस्पताल त लग्यौं तर बचाउन सकेनौं ।