FLASH NEWS
  • Loading...

सेल्फ क्वारेन्टाईनमा रहेका युवामा कोरना नभएको पुष्टी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८२ पटक पढिएको
सेल्फ क्वारेन्टाईनमा रहेका युवामा कोरना नभएको पुष्टी

दक्षिण कोरियाबाट फर्केर सेल्फ क्वारेन्टाईनमा रहेका अन्नपूर्ण गाउँपालिका, ६ घारका युवामा  कोरना भाईरस (कोभिड–१९) नभएको पुष्टी भएको छ ।

सेल्फ क्वारेन्टाईनमा रहेका युवाको कोरना भाईरस नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

याक्रात्रममा कोरना भाईरस संक्रमण भयो कि भन्ने मानसिक डरले पारिवारको सुरक्षाकालागी सेल्फ क्वारेन्टाईनमा रहेका ति युवाको गण्डकी अस्पताल पोखराबाट आएको श्वास्थ्यकर्मीको टोलीले नमुना संकलन गरी नेपालको एक मात्र कोरना भाईरस नमुना प्रयोगशाला टेकुमा पुर्‍याएको थियो ।

‘कोभिड–१९ प्रभावित मुलुक कोरियाबाट फर्केको र सेल्फ क्वारेन्टाईन बस्नु भएका युवाको कोरना भाईरस नमुना परिक्षण गर्दा नेगेटिभ अर्थात कोरना नलागेको पुष्टी भएको छ । हामीमा कतै कोरना भेटिएको छैन । सजग होऔं तर त्रसित हुनु पर्ने छैन ।’ बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले बताए ।