FLASH NEWS
  • Loading...

म्याग्दीमा कोरियाबाट फर्केर ‘सेल्फ क्वारेन्टाईनमा’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१६ पटक पढिएको
म्याग्दीमा कोरियाबाट फर्केर ‘सेल्फ क्वारेन्टाईनमा’

अन्नपूर्ण गाउँपालिका, ६ का एक युवा दक्षिण कोरियामा कार्यरत कम्पनी कोरना भाईरस (कोभिड–१९) फैलने त्रासले वन्द भएपछि घर फर्के । २० महिनापछि घर फर्केका उनीको परिवारसँग देखादेख र परैवाट वोलचाल मात्र भएको छ । अलग्गै कोठामा बसेका छन । अर्थात उनी १० दिन देखी सेल्फ क्वारेन्टाईनमा छन ।
मार्च १ तारेखमा कोरियाबाट नेपाल ओर्लेपछि काठमाण्डौ विमानस्थलमा सामान्य ज्वरो नापेर मात्र घर पठाईयो । उनी सोझै रात्री बसमा बेनी ओर्ले । वसपार्कको नजिकै छ, परिवारको डेरा । दक्षिण कोरियामा कोरना भाईरस संक्रमणको मुख्य प्रभावित सहरबाट फर्कने नेपाली पनि धेरै थिए । कोरना, कोरना, कोरना पढ्दा, सुन्दा नै टाउको दुखेको अवस्थामा प्रभावित देश र अझ बढी प्रभावित सहरबाट फर्केका नेपालीसँगै विमानमा यात्रा गरेकोले सोझै घरपरिवारसँग नजोडिन छुट्टै कोठामा बसेका हुन ।
‘एक्लै कोठामा बस्दा दिक्क लाग्छ, आफैले हातले टाउको छाम्छु, तातो लाग्छ । आज त मेसिन किनेर ल्याएको छु, ज्वरो नाप्ने । रुखाखोकी, ज्वरो केही छैन । म प्रभावित क्षेत्रबाट आएकोले सतर्क मात्र भएको हुँ’ फोनमा उनले भने, ‘पहिला पहिला आमाले महिनावारी वार्दा बाहिर बस्नु हुन्थ्यो हामीले अलग्गै नछोईकनै खाना दिर्न्थ्यौ, ठ्याक्कै उस्तै मलाई भएको छ । वल्लो कोठाबाट खाना बाहिर राखेकी छु, खाना ढोका खोल्नुस भन्छिन, शौचालय जाँदा पल्लो कोठामा फोन गर्र्छु, शौचालय खाली छ कि छैन ।’
दश दिनदेखी सेल्फ क्वारेन्टाईनमा रहेका उनले वुधवार जिल्ला अस्पतालमा डाक्टर नवराज वास्ताकोटीलाई फोन गरी कोरना भाईसरक परिक्षण ब्यवस्था के छ भनी सोधे । बेनी जिल्ला अस्पतालमा कोरना भाइरस परिक्षण उपकरण र ब्यवस्था नभएपछि डा. वास्ताकोटीले पोखराबाट विशषज्ञ डाक्टर झिकाए । टोलीले कोरियाबाट फर्केका ति ब्यक्तिको र्‍यालको नमुना संकलन गरी लगेका छन । नमुना पोखराहुँदै काठमाण्डौ टेकुमा पुर्‍याईने भएको छ ।
‘उहाले फोनगरी आफु कोभिड–१९ प्रभावित मुलुक कोरियाबाट फर्केको र सेल्फ क्वारेन्टाईनमा बसेर आफ्नो श्वास्थ्य परिक्षण गरिदिन आग्रह गरेका थिए । हामीसँग कोरना भाईरस संक्रमितको श्वास्थ्य परिक्षण मेकानिजम नभएकोले पोखराबाट विशषज्ञ झिकाई नमुना संकलन गरेका छौं । संकलित नमुना राजधानीको टेकुमा पुर्‍याई, ल्याव टेष्टगरी रिपोर्ट आउन कम्तीमा ३–४ दिन लाग्छ’ बेनी अस्पतालका डा. वास्ताकोटीले भने, ‘वाहृय रुपमा हेर्दा र लक्षण हेर्दा उहाँमा कोरना भाईरसको लक्षण देखिएको छैन । पूर्ण श्वास्थ्य हुनुहुन्छ । सचेत र जिम्मेवार नागरिक सेल्फ क्वारेन्टाईनमा बस्नु राम्रो हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल