FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाले अटेरी गर्दा कालीपुलमा सडक साँघुरो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२१ पटक पढिएको
बेनी नगरपालिकाले अटेरी गर्दा कालीपुलमा सडक साँघुरो

बेनी–जोमसोम–कोरला सडकको प्रवेश गर्ने जीरो विन्दु रहेको बेनी कालीपुलमा मापदण्ड विपरित सडक साँघुरो गरी कालोपत्रे गर्न सुरु गरिएको छ ।
नगरपालिकाले न्यून रकम भाडा पाउने आसामा सडक मापदण्ड विपरित संञ्चालनमा रहेको पेट्रोल पम्प हटाउन अटेर गरेपछि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको क्षेत्रधिकार भित्र पर्ने साविकको सडक डिभिजन कार्यालय बाग्लुङ्गले ठेक्का लगाएको बेनी–गलेश्वर खण्डको जिरो किमीमा हाल पूर्वाधार विकास कार्यालयद्धारा कालोपत्रे गराउने काम थालेको हो ।

निर्माणाधिन सडकको ७ मिटर पीच सहित ११ मिटर चौडाई मापदण्ड भएपनी बेनी नगरपालिकाले सरकारी जग्गामा संञ्चालित कालीगण्डकी पेट्रोलपम्प हटाउन अटेर गरेपछि पूर्वाधार विकास कार्यालयले मापदण्ड विपरित ६ मिटरमा सीमित भै सडक कालोपत्रे गर्न लागेको हो ।
पूर्वाधार विकास कार्यालयले गत पुस २८ गते चलानी नं ३१० मा बेनी नगरपालिकालाई लेखी ‘निर्माण ब्यवसायी गौरी–पार्वती/रुपल जेभी धार्दिङद्धार निर्माणाधिन बेनी–गलेश्वर सडकमा पेट्रोल पम्प रहेको सडक खण्डमा चौडाई कम रहेकोहुँदा सडक निर्माणकालागी आवश्यक सहयोग गरिदिन’ आग्रह गरेकोमा बेनी नगरपालिकाले अटेरी गरेपछि साँघुरो बनाई कालोपत्रे गर्न थालिएको हो ।
‘बेनी–जोमसोम–कोरला सडकको जीरो पोईन्टमै मापदण्ड अनुसार सडक साँघुरो भएको कुरा नगरपालिका जानकार छ । नगरप्रमुखसँर्ग पेट्रोलपम्पको स्वार्थ जोडिएकोले हटाउने निर्णय गर्न असमर्थ रह्यौं’ बेनी नगरपालिकाका, ८ का वडाध्यक्ष एवं प्रवक्ता रामकृष्ण बराईलीले भने ‘कालीपुल क्षेत्रमा सडकको राईट अफ वे कायम गर्न नगरपालिका चुकेपछि नगरपालिका भित्रका सडकमा कार्यान्वयन गर्न बनाएको सडक मापदण्ड कार्यान्वयनमा नैतिक जटिलता बनेको छ । गलत नजिर कायम भएको छ ।’

साविक अथुङ्गे गाविसले बेनी–जोमसोम सडकको ट्रयाक खुलेपछि झण्डै २० बर्ष अघि पेट्रोल पम्प संञ्चालन गर्न कौडीको मुल्यमा भाडामा दिएको थियो । पेट्रोलपम्पले सडक मापदण्ड अतिक्रमित भएको विवाद विच नगरपालिकामा निर्वाचित भएपछि नगरप्रमुख हरीकुमार श्रेष्ठका छोरा सुमन श्रेष्ठले उक्त पम्प किनेका थिए ।
पोखराबाट भुपी शेरचन मार्गहुँदै म्याग्दीको बेनी पुगेपछि कालीगण्डकी नदी पछ्याउँदै संसारको सर्वाधिक गहिरो अन्धगल्छी छिरेपछि हिमालय श्रृखलालाई दक्षिण पारेर अनगिन्ती अक्करे भीर र डाँडा छिचोल्दै उकालो लागेको छ, बेनी–जोमसोम–लोमन्थाङ–कोरला राजमार्ग । कोरला नाकासँग जोडिन ५ नम्बर प्रदेशको वुटवल र ६ नम्बर प्रदेशको रुकुमबाट पस्ने मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर राजमार्ग बाग्लुङ्गबाट तल मालढुङ्गाहुँदै बेनीमा जोडिएर उकालो लाग्छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी करिडोर सडक आयोजनाले ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरको सडक ०७६ मंसिर भित्र सम्पन्न गरिसक्ने भने पनि बेनी–जोमसोम–कोरला एक सय ७६ किलोमिटर सडक विस्तार गर्ने काम भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल