FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओली खतरामुक्त, नरम आहार दिन थालियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०३ पटक पढिएको
प्रधानमन्त्री ओली खतरामुक्त, नरम आहार दिन थालियो

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको जानकारी दिइन् । ‘त्यसपछि उहाँले बालुवाटारमै बसेर सामान्य भेटघाट गर्न सक्नुहुन्छ’ डा. साहले भनिन् । बाहिरको कार्यक्रममा भने एक महिनासम्म नजानु उपयुक्त हुने उनले बताइन् ।
‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ।’ प्रधानमन्त्रीलाई मृर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर छ । उनलाई पनि तरल पदार्थ खान दिइएको छ ।
ओलीले बिहीबार बिहान कालो चिया र पानी पिएको चिकित्सकले बताएका छन् ।
ओलीको दोस्रो पटक बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालको पोष्ट अपरेशन वार्डमा राखिएको छ ।
अपरेसनपछि ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गरिरहेको चिकित्सकले बताएका छन् ।