FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षाले सोधिन्- ‘मामालाई कस्तो छ?’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९१ पटक पढिएको
प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समिक्षाले सोधिन्- ‘मामालाई कस्तो छ?’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यारोपण गरिएको मिर्गौला दिएकी भान्जी समिक्षा संग्रौलाको स्वास्थ्य सामान्य रहेको छ।

आज उनले दाल पिएकी छन्।

आज बिहानै आफूलाई स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकहरुसँग समिक्षाले ‘मामालाई कस्तो छ ?’ भनेर सोधेकी थिइन्।

“त्रिवि शिक्षण अस्पतालका यूरोलोजी विभाग प्रमुख प्रा.डा. उत्तम शर्माको टोलीसँग समिक्षाले प्रधानमन्त्रीबारे जिज्ञासा राख्नुभएको रहेछ, उहाँले ठिक छ भनेर आश्‍वस्त पारेको मलाई बताउनुभो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाभन्दा तीब्र रुपले सुधार भइरहेको चिकित्सकले आफूलाई बताएको समेत उल्लेख गरे।