FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओलीको शल्यक्रिया शुरु : ‘गेट वेल सुन पीएम’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४६ पटक पढिएको
प्रधानमन्त्री ओलीको शल्यक्रिया शुरु : ‘गेट वेल सुन पीएम’

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको जानकारी दिए । शल्यक्रियाका लागि कति समय लाग्ने यकिन नभएको बताउँदै उनले समय–समयमा प्रगतिबारे अपडेट गराइरहने बताए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत अस्पतालले बताएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिएको थियो । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।