FLASH NEWS
  • Loading...

कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना

कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक छन् ।
‘चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने छ’, अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले भने,‘तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको छ।’

मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।