FLASH NEWS
  • Loading...

मुस्ताङ्गमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७९ पटक पढिएको
मुस्ताङ्गमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

मुस्ताङको थासाङ गाउँपालिका, ४ घाँसा स्थित कैकुखोला छेउमा निर्माणाधिन बेनी–जोमसोम सडक स्तर बृद्धी गर्ने क्रममा सुख्खा पहिरो खस्दा स्काभेटर चालक सिन्धुपाल्चोकका अर्जुन दहालको घट्नास्थलमा मृत्यु भएको छ ।
घट्ना स्थल पुगेका सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनका अनुसार सोमबार अन्दाजी ३ बजे सडक विस्तार गर्न भिर खोप्ने क्रममा माथीबाट भीरको ढिस्को खसेर बा २ क ५०३३ नम्बरको हुण्डाई ०२ स्काभेटर पुरेको थियो । पहिरोले सडकमा गुडिरहेको पृथ्वीराजमार्ग बस संञ्चालक समितिको ना ६ ख ४०८१ नम्बरको यात्रुबाहक बसमा पनि क्षति पुर्‍याएको छ । बसका चालक र याक्रु सुरक्षित छन ।
‘सडक खन्ने त्रममा माथीबाट पहिरो खसेपछि स्काभेटर पुरिएको र चालकको घट्नास्थलमै मृत्यु भएको छ । अन्य मानवीय क्षतिको जानकारी छैन । पहिरो खस्नेक्रम जारी रहेकोले उद्धारमा समस्या छ ’ जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका प्रहरी निरिक्षक विनोद सुवेदीले भने, ‘स्थानीय प्रहरी चौकीबाट पुगेको प्रहरीबाहेक थप प्रहरी वल घट्नास्थल तर्फ जाँदै छौं ।’