FLASH NEWS
  • Loading...

दाहाललाई जुत्ता हान्ने रतनविरुद्ध अभद्र व्यवहार मुद्दा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४२ पटक पढिएको
दाहाललाई जुत्ता हान्ने रतनविरुद्ध अभद्र व्यवहार मुद्दा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ।

भोलि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अभद्र व्यवहार अन्तर्गत कारबाही अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक, सोमेन्द्रसिंह राठाैरले  बताए।

जुम्लाको सिँजा गाउँपालिका–२ घर भएका २२ वर्षीय तिरुवाले दाहालमाथि आज दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार गरेका थिए। तर, तिरुवाले प्रहार गरेको जुत्ता दाहाललाई लागेको थिएन।

तिरुवाका बुवा माओवादी जनयुद्धको समयमा मारिएका थिए। कक्षा १२ सम्म अध्ययन गरेका रतन काठमाडौंमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीसमक्ष उनले दाहालले ‘जनयुद्ध’का बेला गर्ने कुरा र अहिलेकोमा फरक भएकोलेआफूले सहन नसकेर जुत्ता प्रहार गरेको बयान दिएका छन्। नेकपा अध्यक्ष दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार गरेलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ।आज भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधनपछि आफ्नो सिटमा फर्कने क्रममा तिरुवाले दाहाललाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए।

८ वर्षअघि दाहाललाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा पूर्वलडाकु पदम कुँवर माला लगाउने क्रममा थप्पड हानेका थिए।