FLASH NEWS
  • Loading...

ओमकुमारी कोषद्धारा विरामीलाई आर्थिक सहयोग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५४ पटक पढिएको
ओमकुमारी कोषद्धारा विरामीलाई आर्थिक सहयोग

मानवीय सेवामा सकृय संस्था ओमकुमारी शान्ति कोषले जिल्लाका विभिन्न १० जना विरामीलाई आर्थिक सहयोग गरेको छ ।
विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषले शनिवार बेनी नगरपालिका, ६ का आँखाको क्यान्सर पीडित खिमबहादुर शाहीलाई १० हजार, मंगला गाउँपालिका, ५ छिस्वाङका वोन म्यारो रोगग्रस्त विशाल भट्टचनलाई  ४० हजार, रघुगंगा गापा, ६ पाखापानीका बाईक दुर्घटनामा घाईते अमर पाईजालाई ५ हजार, बेनी नपा, ३ की घाँटीको क्यान्सर पीडित धनमाया कामीलाई ७ हजार ५ सय, रघुगंगा गापा, ६ पाखापानीकी स्तन क्यान्सर पीडित सविना पाईजालाई ३० हजार, बेनपा, १ का कलेजो क्यान्सर पीडित रामबहादुर घर्तीलाई ५ हजार, बेनपा, ६ का पायल्स, निमोनियाबाट ग्रस्त लिकिन्द कटुवाललाई ५ हजार नगद सहयोग गरेको छ ।
त्यसैगरी कोषले बेनपा, ५ पुलाचौरका वोनम्यारो ग्रस्त शेरबहादुर बानियाँलाई २० हजार, मंगला गापा, ३ की ब्रेन ट्युमर पीडित रोशनी घर्तीलाई ३० हजार र अन्नपूर्ण गाउँपालिका, ५ की मृगौला रोगबाट ग्रस्त हरीमायाँ रन्तिजालाई १० हजार आर्थिक सहयोग गरेको हो ।शनिवार कोषको सचिवालयमा आयोजित संक्षिप्त कार्यक्रम विच बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठले सहयोग रकम १० जना विरामीका आफन्तलाई हस्तान्त्रण गरे । 
‘दिन जान्यो, बााच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभावकै कारण अस्पताल पुग्न नपाएका र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग गर्दै र अभियान मार्फत आर्थिक सहयोग जुटाउँदै आएको छ । विभिन्न ब्यक्ति र संस्थाबाट प्राप्त आर्थिक सहयोगबाट निर्माण गरिएको ‘ओमकुमारी शान्ति कोष/ गरिव विरामी उपचार अक्षय कोष’मा संकलित रकमबाट अन्य विरामीलाई आर्थिक हैसियत र उपचारको अवस्था अ्रध्यनपछि सहयोग गर्दै आएका छ ।
हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित साविक सिङ्गा–१ थामडाँडाकी ओमकुमारी पुन (शान्ति)को उपचार गर्न संञ्चालन गरिएको ओमकुमारी बचाउ अभियानबाट बचेको १३ लाख रुपैयाँ नै ‘ओमकुमारी शान्ति कोष’ बनाईएको हो ।
‘शान्ति पुनलाई बचाउन नसकेपछि संकलित रकम आर्थिक अभावले उपचार नपाएका विपन्न विरामीको उपचारमा खर्च गर्ने निर्णय गर्‍यौ । यस्तो अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘ओमकुमारी शान्ति कोषको खातामा अहिले ९० लाखबढी नगद छ, सोही रकमको ब्याजबाट विभिन्न विरामीलाई आर्थिक सहयोग गर्दै आएका छौं । अक्षय कोषलाई २ करोड पुर्‍याउने लक्ष्य छ, ७० लाख जति प्रतिवद्धता रकम छ, सवै जोडेर २ लाखको अक्षय कोष निर्माणगरी ब्याजबाट उपचारमा सहयोग गर्ने योजनामा छौं ।’