FLASH NEWS
  • Loading...

दैनिक ३०–४० पटक विधुत ‘ट्रिप’, उपभोक्ता हैरान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११७ पटक पढिएको
दैनिक ३०–४० पटक विधुत ‘ट्रिप’, उपभोक्ता हैरान

ब्यवस्थित प्रसारण लाईन नहुँदा पटकपटक विधुत ट्रिप हुने समस्याबाट उपभोक्ता हैरान छन । दैनिक ३०४० पटक सम्म विधुत काट्ने र आपूर्ति नियमित नहुँदा विधुतमा आश्रित ब्यापार ब्यवसाय पनि प्रभावित भएको छ ।

किन भैरहन्छ विधुत ट्रिप ?

पर्वतको मोदी सवस्टेसनदेखी म्याग्दीबाट उत्तर मुस्ताङ्गसम्म ८२ किलोमिटर लामो र म्याग्दीका विधुकिरण भएको सवै वस्तीसम्म एउटै ११ केभिए फिडर लाईनहुँदा कहीं कतै फल्ट आउनासाथ विधुत ट्रिप हुने र मर्मत गर्न फेरी उत्ति नै पटक विधुत काट्नु पर्ने बाध्यता रहेको विधुत प्राधिकरणले जनाएको छ ।

पम्बिङ, टायल र मार्वल विच्छाउने काम गर्र्छु । दिनमा पटकपटक विधुत जाँदा एक दिनमा सक्नु पर्ने काम तीन दिन लाग्छ । हैरानी भयो भवन निर्माणमा संलग्न मजदुर कमल राईले भने, ‘निर्माण क्षेत्रमा मात्र होईन विजुली नियमित नहुँदा सरकारी कार्यालयमा पनि जनताकै काम रोकिन्छ । कर्मचारी त विजुली छैन भन्छ, उम्किन्छ । जता पनि निम्नबर्गकै मान्छे ठगिने ।

छुट्टै ३३ केभिए क्षमताको मोदीम्याग्दीमुस्ताङ्ग समानन्तर ८२ किलोमिटर अर्को प्रशारण लाईनमा पनि पटकपटक फल्ट आउँदा घराप सवस्टेसन, मिलनचोक सवस्टेसन र मोदी सवस्टेसनमा लाईन ट्रिप हुँदा ११ केभिए फिडरलाईनमा पनि विधुत ट्रिप हुने गरेको छ । यति लामो ११ केभिए फिडरलाईनले ५ सय बढी साना ठूला ट्रान्सफर्मरको लोड रहेको छ ।

लामो दुरी भएकोले पल्ट पत्ता लगाई छिटो विधुत नियमित गर्न दर्जनबढी ठाउँमा सेक्सन छुट्याईएको छ । फल्ट पत्ता लगाउन हरेक सेक्सनमा लाईन काट्दै हेर्दै गर्ने भएकोले म्याग्दीमा दैनिक १० पटकबढी विधुत ट्रिप हुने गरेको छ । भौगोलिक कठिनाई भएकोले फल्ट पत्ता लागेपनि मर्मत गर्न जान नै समय लाग्ने र लामो समय विधुत आपुर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले दावि गरेको छ ।

सव स्टेशनबाट निक्लेको विजुली ग्राहकको घरमा पुर्‍याउने ११ केभिएको एउटै फिडर लाईन जिल्लाभरी र मुस्ताङ्गसम्म पुर्‍याईएको छ । एक ठाउँमा फल्ट हुँदा सवै तिर विधुत ट्रिप हुन्छ । फल्ट पत्ता लगाउन वस्ती पिच्छे विधुत लाईन काट्दै टेष्ट गर्दे दिनमा धेरै पटक विजुली आउने/जाने भएको हो नेपाल विधुत प्राधिकरण म्याग्दी केन्द्र प्रमुख माधव महतले भने, ‘छुट्टै जंगल र भीरहुँदै ल्याईएको ३३ केभिए प्रशारण लाईन पनि छ, यसमा पनि फल्ट आउँदा म्याग्दी क्षेत्रमा विधुत वितरण गरिएको मोदी सवस्टेसन र मिलनचोक सवस्टेसनमा ट्रिप हुन्छ ।

प्राधिकरणलाई जिल्लामा अधिक हुने विधुत ट्रिप हुने समस्या हल गर्न रघुगंगा गाउँपालिका, १ तिप्ल्याङमा फिडर लाईन काटी उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ्गमा घराप सवस्टेसनबाट विधुत दिने योजना बनाएको छ । ११ केभिए र ३३ केभिए दुवै लाईनमा सवैभन्दा बढी समस्या आउने अन्नपूर्णको घारराम्चे र घोडेपानी क्षेत्र हटाएपछि फिडर दुरी घट्ने र समस्या कम हुने जनाएको छ । त्यसैगरी पश्चिम म्याग्दीको दरवाङ्गमा छुट्टै सवस्टेसन राखी पश्चिम भेगमा वितरित विधुत लाईन छुट्याउने भनेपनि काम भएको छैन ।

पर्वतको मोदीदेखी मुस्ताङ्गसम्मको ८२ किलोमिटर लामो ३३ केभिए लामो प्रसारण लाईनमा कहिँकतै फिडर नहुनु तथा वितरण लाईनहरु पनि जंगलको विचमा होचा पोलमा राखिएकोले विच, विचमा खरावी (डिफल्ट) आउँदा विधुत ट्रिप हुने गरेको र भौगोलिक कठिनाईले समयमै फल्ट पत्ता लगाउन र मर्मत गर्न ढिलाईहुँदा उपभोक्ता लामो समयसम्म अँध्यारोमा बस्नु पर्ने बाध्यता भएको हो ।

प्रशारण लाईनका पोलमा विधुत प्रवाह भएको तारलाई अड्याउन प्रयोग भएका इन्सुलेटर (माटोका सामाग्री) अधिकांश पोलमा जीर्ण भै चर्किएका अवस्थामा छन । पानी पर्दा यस्ता इन्सुलेटरबाट विधुत पोलमा लिकेज भै लाईन फल्ट हुने मात्र होईन, ठूलो मानवीय क्षतिको जोखिम पनि उत्तिकै छ । लामो समयदेखी घाम र पानीले जीर्ण भएका यस्ता इन्सुलेटरमा चट्याङ पर्दा बढी चर्कने र फुट्ने गर्छन ।

पर्वतको मिलनचोक सवस्टेसनका अनुसार पर्वत, बाग्लुङ्ग फिडरको कारणले दैनिक कम्तीमा ६ पटक र म्याग्दी, मुस्ताङ फिडरको कारण दैनिक थप ६ पटक विधुत ट्रिप हुन्छ । चैतभदौ हावाहुरी र झरीपहिरोको सिजन भएकोले विधुत ट्रिप हुने समय अधिक हुन्छ ।

प्रसारण लाईनमा ३०४० किमी दुरीमा सवस्टेसन हुनु पर्ने हो तर ८२ किमी दुरीसम्म ३३ केभिए लाईन वन वे भएकोले विधुत ट्रिप हुने समस्या भैरहन्छ म्याग्दी वितरण केन्द्रका इन्जिनियर हेमराज चापागाईले भने, ‘दाना (म्याग्दी)खुर्कोट(पर्वत)मा सवस्टेसन र २२० केभिए प्रसारण लाईन नवनेसम्म समस्या यथावत रहन्छ ।