FLASH NEWS
  • Loading...

रुखले किचेर दुइको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६६ पटक पढिएको
रुखले किचेर दुइको मृत्यु

सामुदायिक वनमा पुगेर घर बनाउनका लागि रुख ढाल्ने क्रममा सोही रुखले किचेर यहाँका एकजनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नं. ७ तितौरेका ४६ बर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको हो । मंगलवार दिउसो उनी तितौरे सामुदायिक वनमा रुद ढाल्न गएका थिए । उनीसँगै रुख ढाल्न गएका अर्का एकजना घाईते छन् । रुखले किचेपछि गम्भिर घाईते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो ।
उनको अस्पताल ल्याइपु¥उँदा दिउसो साँढे ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरिक्षक हेमबहादुर केसीले जानकारी दिए ।कार्कीसगै रुख ढाल्न गएका ४२ बर्षिय पदम कार्की घाईते भएका छन् । उनको हात र खुट्टामा चोट लागेकोले उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
यसैबीच पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङका सुरज परियारको पनि मंगलवारै रुखले किचेर मृत्यु भएको छ । घरछेउमै रुख ढाल्ने क्रममा सोही रुखले परियारलाई किचेको थियो । उनको पनि मंगलवार दिउसै उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो । अस्पताले उनको पनि मृत्यु भएको घोषणा गरेको थियो ।
परिवारका अनुसार परियारले रुख ढाल्ने क्रममा चलेको हावाका कारण रुख बिपरित दिशामा ढल्न पुगेको थियो । सुरक्षित बन्न खोज्दाखोज्दै उनलाई रुखले किचेको थियो ।