FLASH NEWS
  • Loading...

वेपत्ता युवती खोज्न प्रहरीले ६ महिनापछि पुनः खोल्यो फाईल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८६ पटक पढिएको
वेपत्ता युवती खोज्न प्रहरीले ६ महिनापछि पुनः खोल्यो फाईल

जिल्ला प्रहरी कार्यालयले गर्भवती युवती वेपत्ता सम्बन्धी फाईल ६ महिना पुरानो  पुनः खोलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएपछि नयाँ डिएसपी किरणजंग कुँवरले ०७६ भदौ १८ गतेदेखी वेपत्ता भएकी बेनीनगरपालिका, ८ न्यूरोडकी १९ बर्षिया मनिषा परियार वेपत्ताको पुरानो फाईललाई सक्रिय बनाएका हुन ।
भदौ १८ गते साँझ अन्दाजी सात बजे घरबाट निक्लेकी ५ महिनाकी गर्भवती मनिषा त्यसयता घर/माईती र आफन्तको सम्पर्कमा छैनन । प्रहरीका अनुसार श्रीमान टिभी रुममा रहेको र सासु बाहिर गएको मौका छोपी मोवाईल, हाते पर्स समेत घरमै छोडेर मनिषा निक्लेकी थिईन ।
मनिषा वेपत्ता सम्बन्धी घट्ना फाईल पेन्डिङमा थियो, विर्सेका भने थिएनौं । नयाँ शिराबाट अन्नुसन्धान थालेका छौं जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘माईतीपक्षको निरन्तर दवाव छ । अहिलेसम्म निचोडमा पुग्ने तथ्यप्रमाण भेटेका छैनौं ।
साँझ ९ बजेसम्म घर नफर्केपछि परिवारले माईतीलाई फोनगरी मनिषा सम्पर्क विहीन भएको खवर गरेका थिए । लगत्तै दुवै घर/माईती पक्षले मनिषा वेपत्ता भएकोले खोजी गरिदिन प्रहरीमा हुलिया सहित खवर गरेका थिए । प्रहरीले एक पटक मनिषाको हुलिया सहित मातहतका निकाय पत्रातारगरी खोजी निरन्तर राखेको थियो ।
तिज मनाउन माईती पर्वतको कुस्मा गएकी मनिषालाई सोही दिन आमा सिर्जना र ठूलो बुबा विकास परिषरले जिल्ला अस्पताल बेनी ल्याई उपचारपछि घर पुर्‍याएर फर्केका थिए । यस अघि पनि मनिषा पटक पटक माईती जाने र माईतीले घर ल्याएर छोड्ने गरेका थिए । सकुसल फर्केको जानकारी दिन आमा सिर्जनाले साँझ छोरीको मोवाईलमा फोन गर्दा ज्वाई शंकरले उठाई मनिषाले खाना खाँदै गरेको भनेका थिए । र लगत्तै एक घन्टा नहुँदै मनिषा सम्पर्क विहिन भएको खवर गरेकाल थिए ।
माईती आएकी छोरीलाई हामीले आफै घरमा पुर्‍याई छोडेका हौं । अहिले छोरी वेपत्ता भएको ६ महिना पुग्यो । हामीलाई हाम्री छोरीको लाश कि सास चाहिएको हो वेपत्ता मनिषाकी आमा सृजनाले भनिन, ‘प्रहरीले पनि घट्नाको तदरुकतासाथ अनुसन्धान नै गरेन । निमुखा युवती किन वेपत्ता भई जानकारी पनि पाएनौं ।